Friday, August 12, 2016

मेरो प्यारो देश

-लियो बिकी भुजेल












देश देश देश सहिदको प्यारो देश
सम्झ सहिदको त्यो उपदेश
सहिदको अमुल्य रगत चढाएको यो मेरो प्यारो देश
हामीले बिर्से हाम्रो देश , दिने छैनन् कुनै सहिदले उपदेश
फेरी आउ बचाऊ हाम्रो देश
न बाँकी रह्यो तिमीले दिएको त्यो भेष
बाँकी मात्र रह्यो यो नराम्रो भेष
मेरो देश आज रोईरहेछ तड्पी
तड्पी बाँची रहेछ यो मेरो प्यारो देश
हत्या हिम्सा हुन्छ यो मेरो काखमा भन्दै
रोइरहेछ यो मेरो प्यारो देश
आउ बचाऊ भन्दै रोइ रहेछ यो मेरो प्यारो देश
आउ सहिद बचाऊ यो मेरो प्यारो देश
यो मेरो प्यारो देश

Thursday, August 11, 2016

मनानन्द

-लियो राधेश्याम अधिकारी
Photo Credit: Leo Rakesh Khatri

नवपालुवाको पातमा थपक्क बसेका शितका थोपामा मधुर परावर्तित सुर्यका रेसाले बनाएका मनमोहक किरणबाट मुस्कुराएका हरिया धानका पातले जब मुस्कुराउदै आफ्नो लामा भुजा, पवनका संसर्गीक बहावनुरुप यस्सै रुमल्लिदिन्छ मन त्यसै त्यसै आनन्दबिभोर हुन्छ । साउने बर्षे संगै झ्याउँकिरीको झ्याउँ झ्याउँ मा लठ्ठिएका ती कोइलीका नयनलाइ पर क्षितिजमा देखिएको बादलका टाटेपाटे धर्साले आश्चर्यित बनाउदा किन किन उसैलाइ मात्र नियालूं जस्तो लाग्छ ।
असार मसान्त र साउने संक्रातिबिचको त्यो जुनिलो धिपधिपे रातमा खेतकाआलिमा लस्करै बसेर एकहोरो  साना ठूला भाकामा गाइरहेका भ्यागुताका मौसमी गीत कुनै प्राचार्य संगितज्ञको भन्दा कम मिठासी छैन । आलिआलि बाट झररर झरिरहेका पानीका साउने भेलले खेतलाइ अशर्त ओसिलो बनाउदै  प्रत्यक धानका गांज सित बिदा माग्दै माग्दै हिडेको मुंकसांचि एक जोडि लालुपाते डिलमा लाजले भुतुक्क भएर हेरीराखेको छ । उसका राता रातालाज देखेर ऊ आफैलाई असैह्य लाज लागिरहेको छ , त्यहि भएर पो हो कि संधै निहुरहेकी ।
दिनैभरी कोदालो चलाएका मेहनती कृषकका हातअझै झमझम गर्दै आरामकल्पित कृषी मनलाई भुजा पिडामा डुवाउन खोजिरहेका छन् । बेला बेलामा उसका मुख बाट निस्कने बेग्रल्ती सेता मैला बिडिंका धुवांले मधुर टुकिको प्रकाशलाइ जिस्क्याउंदै छ । माथिमाथि कताकता गएर धुवां कालो गोधुलीमा कसरि लिप्तभयो थाहै भएन । हिलोले खाएका ती प्रत्यक औंलाका कापमा कतै रगत देखिदैन ।पुर्वज बाट पुस्तनी सम्पति संगै पाएका ती दुइकान्ले खेत अनि दुखः अर्काे पुस्तालाइ नसुम्पी उसका हिलाले खाएका अंग पलाउदैनन् । भरे भोलि भएकी श्रीमती छाडेर बेंसी धान रोप्न झरेको उ श्रीमती संगै चुहिरहने घरको खरको छानो सम्झिदै नयन ओसिलो पार्दै एकहोरो गाउं सम्झदै छ । शरिर यहाँ भएनी मन उहि गाउँमा छ । श्रीमतीसंगै गोठमा बाँधिएकी मालीगाई पनि कति रुजिहोली । सिंगारे बाख्री ब्याएकी भर्खर ३ हप्ता भयो उ अनि उसका छिरबिरे छुनुमुनु पनि जाडाले कत्ति कामिरहेका होलान् । बर्षेनि पहिरो जाने तारे भिरले गाउँ ताकिरहेको छ । न यसपालि गाउँ नै पो लगिसक्यो कि ? उ खुइएएए सुस्केरा हाल्दै कोल्टे फेर्छ ।त्यो सानो गोठ भित्र ।
बढो गडगढाहटका साथआफ्नो पथमा भेटेजत्ति सबै निल्दै अघि बढेकी पर खोल्चाकी खहरेले सबै कुरालाइ आफ्नो गर्भमा बिलिन पारिरहदा हिउंदको उसको नम्रता मानसपटलमा ताजा भएर आउंछ । उसको बर्षे गर्जाहटले सारा बृक्ष कंपितहुदा बृक्ष आश्रित चखेवा चखेवी प्वांख फिजारेर आफ्ना बचेराको साउने संरक्षणमा ब्यस्त छ । पानीले लपक्कै भिजेकी मृगिनी हरियो दुवोको गलैचामा उघ्राइरहेकि छे । उसका त्यी काला आँखामा हेर्दा हेर्दै संसार बिर्सिदिउं जस्तो लाग्छ ।
घामपानीको लुकामारी पनि कत्ति मज्जाको । वल्लो डांडामा घाम लाग्दा पल्लोमा साउने बर्षिराखेकी आफू संगै अग्ला अडम्बरी पाहाड तासिरहेकी । आफ्नो रुप नै बिगारेर मैली बनेकी, निलो छाडेर उत्ताउलि कालि बनेकी ती नदि सागर भेट्नका निम्ति कत्ति ब्याकुल । बिशाल बिशाल शिलाले अब उसका मिलन रोकेर रोक्न सक्दैनन् । ती निर्जर पथ्थर ।
प्रकृतिले दिएकी धिपधिपे बत्ति निभाएर कालो ओडारमा लुकेकी जुनकिरीलाइ कत्ति बोलाएं, तर उ आइन । सन्ध्यामा फर्किदै गर्दा चांदनिले धपक्कै आफ्नो मुहार बालेर बाटो देखाइदिइन । उनको यो सुन्दरता कति मनमोहक थिए मेरो हृदयसंग सोध । सुस्त सुस्त चल्ने चिसावास्प रुपि हावाका झोंकाले हृदयका कुनाकन्दरामा झंकारीत प्राकृतिक संगितअनि सो को पान सांच्नै अबिभाज्य छ ।
प्रकृतिमा जन्मि प्रकृतिकै काखका बाल्यकाल , यूवाअनि पौढ भइकन तिम्रो खेल बुझ्न कहिल्यै सकिन । तर पनि मलाइ कुनै गुनासो छैन किनकी तिमी नै म हौ म न तिमी । तिमीबाटै जन्मे अनि तिमीमा नै बिलाउने छु एकदिन ।

"सेभ द नेचर"