लियो राकेश खत्री
गत ५ जनवरीमा हातहतियार कानूनसम्बन्धि एक सम्बोधनमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो आँखाबाट केही थोपा आँसु खसाले । सन् २०१२ को Sandy Hook Elementary Schoolमा भएको गोलीकाण्डमा १ कक्षामा पढ्ने विद्यार्थीहरु मारिएका थिए । त्यही क्षण सम्झँदा ओबामाले आफूलाई सम्हाल्न सकेनन् ।
‘न्यूटाउनमा १ कक्षाका विद्यार्थीहरु । एक कक्षाका ! हरेक पटक ती बच्चाहरुको बारेमा सोच्दा म पागल हुन्छु !’ कनेक्टिकटमा भएको गोलीकाण्डलाई इंगित गर्दै ओबामाले आफ्नो कुण्ठा पोखेका थिए ।
ओबामाका आँखाबाट खसेका आँसुका थोपाहरुले मिडियाको राम्ररी नै ध्यानाकर्षण गर्न सफल भयो । कोही मानिस रुनु अनौठा र नयाँ कुरा होइन । तर कोही पुरुष र त्यो पनि अमेरिका जस्तो शक्तिशाली राष्ट्रको राष्ट्रपति जस्तो मानिस सार्वजनिक स्थानमा त्यसरी रुनु यहाँ पूर्वीय संस्कृतिमा मात्र होइन, विकसित पश्चिमा संस्कृतिमै पनि अनौठो मानिन्छ । तर पुरुषको आँखाबाट खस्ने आँसुलाई विज्ञानले कसरी हेर्छ ? के फरक छ महिला र पुरुषको आँसुमा ?
पुरुषहरु पनि रुन त अवश्य रुन्छन्, तर के कुरा सत्य हो भने जैविक रुपमा नै पुरुषहरु महिलाहरु भन्दा कम रुन्छन् । तर पुरुषहरु महिलाहरुको दाँजोमा कम रुने भए पनि विभिन्न अनुसन्धाहरुका अनुसार पुरुष र महिलाहरु दुबैमा रुवाइका लागि जिम्मेवार भावनात्मक उद्वेगहरु भने एकै प्रकारका हुन्छन् ।
सामान्यतया हामी के विश्वास गर्छौँ भने महिलाहरु कुनै दुःखदायी समाचार, चलचित्रका दुखान्त दृष्यदेखि अन्य स–साना कुराहरुमा पनि रुन्छन् । तर पुरुषहरु भने जस्तोसुकै मुटु कुढिने समाचार पनि सजिलै पचाउन सक्छन्, पुरुषहरु खासै रुँदैनन् ।
हाम्रो यो विश्वासलाई वैज्ञानिक अध्ययनहरुले पनि केही मात्रामा पुष्टि गरेका छन् । सन् २००४ मा नेदरल्याण्डको Tilburg University का मनोविशेषज्ञहरु Ivan Nyklicek, Lydia Temoshok र Ad Vingerhoets को एक अनुसन्धानका अनुसार महिलाहरु वर्षमा औसतमा १२ पटकभन्दा बढी रुन्छन् । यो भनेको पुरुषहरुको तुलनामा ५ गुना बढी भएको कुरा उनीहरुले "Emotional Expression and Health" नामक अनुसन्धानात्मक पुस्तकमा उल्लेख गरेका छन् । साथै, पुरुषहरुको रुवाइ औसतमा २ देखि ३ मिनेट लामो हुन्छ भने महिलाको ६ मिनेट । ख्ष्लनभचजयभतक का अनुसार १ घण्टाभन्दा बढी समय रुने पनि सामान्यतया महिलाहरु नै हुन्छन् ।
संसारका सबै संस्कृतिहरुमा महिलाहरु बढी रुने गरेको पाइन्छ । तर,Cross-Cultural Research नामक जर्नलमा सन् २०११ मा प्रकाशित एक अध्ययनका अनुसार केही गरिब देशहरुमा भने मानिसहरु सामान्यतया कम रुन्छन् । र ती देशहरुमा पुरुष र महिलाको रुवाइबीच खासै अन्तर पाइँदैन । यस्तो किन हुन्छ भने, अनुसन्धाताहरुका अनुसार ग्रमीण संस्कृतिमा उद्वेगको अभिव्यक्तिलाई केही हदसम्म दबाएर राखिन्छ भने शहरी संस्कृतिमा उद्वेगलाई अभिव्यक्त गर्न प्रोत्साहित गरिन्छ ।
तर महिला र पुरुषको रुवाइबीचका भिन्नता संस्कृतमा मात्र भर पर्दैन । वैज्ञानिकहरुका अनुसार यसको जैविक कारण पनि छ । महिलाको शरीरमा स्तनपानको समयमा उत्पादन हुने Prolactin नामक होर्मोन पुरुषहरुको तुलनामा बढी हुन्छ । एक सिद्धान्तका अनुसार यही Prolactin होर्मोनको कारण महिलाहरुमा आँसु बढी उत्पादन हुन्छ भने पुरुषहरुमा बढी पाइने टेस्टोस्टेरोन होर्मोनले भने आँसुको उत्पादन कम गर्ने काम गर्छ । सन् १९९८ मा कोर्निया नामक जर्नलमा प्रकाशित महिलाहरु मात्रमा गरिएको अनुसन्धानले पनि यो सिद्धान्तलाई थप बल दिन्छ । उक्त अनुसन्धानका अनुसार Prolactin होर्मोन कम र टेस्टोस्टेरोन हर्मोन बढी भएका महिनावारी भइनसकेका महिलाहरुमा आँसुको मात्रा बढी पाइएको थियो । महिनावारी भइसकेपछि उचयबिअतष्ल को उत्पादन बढ्ने हुनाले महिनावारी भइसकेका महिलाहरुमा आँसु उत्पादन पनि बढी पाइएको थियो । र यसै कारण, किशोरावस्थाभन्दा पहिले केटा र केटी दुबैमा टेस्टोस्टेरोन र Prolactin को मात्रा खासै फरक नहुने हुनाले दुबै लगभग उति नै रुन्छन्, British Journal of Developmental Psychology मा सन् २००२ मा प्रकाशित एक अध्ययनमा भनिएको छ ।
होर्मोनको मात्र नभएर आँसु बग्ने नलीको संरचनामा पनि पुरुष र महिलाबीच फरक हुन्छ । सन् १९६० मा American Journal of Physical Antrhopology मा प्रकाशित एक अध्ययनका अनुसार महिलाहरुमा आँसु बग्ने नली पुरुषहरुमा भन्दा छोटो हुन्छ । त्यस्तै, महिलामा आँसु बग्ने नली सतहमै हुने हुँदा सजिलै ब्लक हुनसक्ने हुन्छ । यसको कारण आँसु बग्ने ठाउँ नहुँदा आँखामै जम्मा हुने र त्यहाँबाट बग्ने हुन्छ ।
केही अनुसन्धाताहरुले भने पुरुष र महिलाको रुवाइमा भएको भिन्नतामा सांस्कृतिकले पनि केही भूमिका खेल्ने बताउँछन् । हाम्रा पौराणिक कथाहरुमै पनि उद्वेग व्यक्त नगर्ने व्यक्तिलाई बलियो र पुरुषार्थ भएको व्यक्तिको रुपमा चित्रण गरिएको हुन्छ । साथै, पुरुषहरु घरबाहिर काम गर्न जाने संस्कृति सुरु भइसकेपछि पुरुष र महिलाको रुवाइमा भिन्नता सुरु भएको हुनसक्छ । अमेरिकी लेखक Tom Lutz ले आफ्नो पुस्तक "Crying: A Natural and Cultural History of Tears" मा यो कुरालाई काममा हुने उद्वेग अभिव्यक्तिलाई सीमित पार्न लगाइने तथ्यसित जोडेका छन् । उनका अनुसार कम्पनीका मालिकहरुले उत्पादकत्व नघटोस् भन्ने हेतुले आफ्ना कर्मचारीहरुलाई रुने वा अन्य कुनै उद्वेग सकेसम्म व्यक्त नगर्न दबाब दिन्थे । र, औद्योगिकरणको सुरुवाततिर महिलाहरु भन्दा बढी पुरुषहरु घरबाहिर काममा जाने हुनाले पुरुषहरुले उद्वेग अभिव्यक्तिलाई दबाएर राख्ने संस्कृति बनेको हुनसक्छ ।
रुवाइको मात्रा फरक भए पनि रुवाइपछाडिको कारण भने पुरुष र महिलाहरु दुबैको लागि सामान्यतया एउटै हुन्छन् ।
यद्यपि, महिला र पुरुषमा को बढी रुन्छ भन्ने प्रश्नको उत्तर जे भए पनि रुवाइले मानिसहरुलाई भावनात्मक रुपमा नजिक भने अवश्य ल्याउँछ । ओबामाले खसालेका आँसुका थोपाहरुले अमेरिकी र
विश्वभरिका मानिसहरुलाई केही मात्रामा ओबामाप्रति भावनात्मक रुपमा नजिक पु¥याएको अनुसन्धाताहरु बताउँछन् । उनीहरुका अनुसार रुनु भनेको आफ्नो कमजोरी प्रकट गर्नु हो, आफू असुरक्षित छु भन्ने कुराको संकेत हो । आँसुले मानिसको दष्टिमा बाधा पु¥याउँछ । त्यसैले आँसु भनेको आफू आक्रामक नभएको कुराको संकेत मात्र नभएर ‘तिमीहरुले मलाई आक्रमण गर्दैनौ भन्ने मलाई विश्वास छ ।’ भन्ने कुरा पनि दर्शाउनु हो । त्यसैले livescience.com का अनुसार आफू कसैको लागि खतरा नभएको संकेत सम्प्रेषणमा आँसुको ठूलो भूमिका हुन्छ । यसबाट दुबै पार्टीबीच राम्रो सम्बन्ध गाँसिने कुरा मनोविज्ञहरु बताउँछन् ।
Friday, May 6, 2016
Thursday, May 5, 2016
रातो लाइटर
लियो राधे श्याम अधिकारी
सधैको हतारोमा ब्यूझिइने यि समकालिन आ“खा ।। छि आफू देख्दा आफैलाइ वाक्कै लाग्छ कहिलेकाहि त । केहि कुरामा नलागेको मन पनि मुड जस्तै ठुस्स छ । काठमाडौंमा बसेको भनेर मात्र के गर्नु , न ग्यांस छ , न बत्ति छ , न पानी छ , न स्वच्छ हावापानी छ , अपबादमा फोहोर मैला , धुवां , धुलो । कहिल्यै नसकिने, होइन किन आउछन् मान्छे काठमाण्डु । बिना सित्तीमा ।
होइन के को आवाज यो ।।
अचम्म।।
धारामा पानी आको रैच । रित्ता भांडा त वरिपरि नै छन् । आफू परियो चूजि मान्छे , भांडै चुज गर्न गर्दागर्दै आ“खै बोलाएरै घडि चिच्यायो ।
८ः१५ बज्यो
पानी थाप्न जाउ“ , खाना पकाउन भ्याइदैन , खाना पकाउन थालु“ पानी थाप्न भ्याउदिन ।
गा“उमा आमाले बे गर् बे गर् भनेर किचकिच किचकिच गरको बल्ल स्वाद पाइस् भन्या जस्तो भाछ । अस्ति तल्ला टोलको ट्वाकेलाइ २ माना लोकल रक्सि र कुखुराको तारेको टाउको र खुट्टा ख्वाउने शर्तका दिनभरि लाइन राखेर लेराको २ लिटर मट्टितेलमा १ लिटर मात्र हाल्या छु स्टभमा । जोगाका हैन, इन्धन मगन्ते धेरै भेटिन्छन् आजकल । त्यै भेर आधि मट्टितेल खाटमुनि कालो झोलामा बेरेर रातो बाक्सामा राख्या छु । मा कसम गन्ध त के बासना पनि कसैले थाहा पाउदैनन् ।
पानी थाप्नु भन्दा अगाडि कुकरमा भात बसेलेर जाउ“ के रे । पानी ले र आउदा ट्याक्क भान्चामा रेल कराइसक्च । हो ठीक ठीक । कुकरमा आधा माना चामल हालियो । पानी अड्कलियो । हेत्तेरी । ओहो । थुइक्क म । अब त सक्दिन । आफैसित सक्दिन ।घरबेटिलाइ बोलाएर गालामा एक झापढ हान्न लगा“उ जस्तो लाग्यो । शाला । झन् अस्ति देखि कुकरको रबर बिग्रिराथ्यो लेराउला लेराउला भनेको भुसुक्कै बिर्सेछु । हिजो बिहान पनि अर्धका“चो खाएर हिन्या । दिनभरि पेट खराब गरेर कत्रो जात्रा । गुलुलुललल गुलुलुललल गरेर साथिका अगाडि, हैट ।अझ पेट कराउला भनेर मान्छेको अगाडी सासै रोकेर बसें । झन् साउना खेतमा पानी हुल्या जसरी गुलुलुललल गुलुलुललल ।।
यसो ढोका बाहिर हेर्छु , नभन्दै घरबेटि नै आउदै रैच । हत्तपत्त ढोका लगाए“ । ३ महिना भो कोठा भाडा नतिरेको, भेट्यो भने मार्छ । कता गालामा थप्पड माग्न जानु । मुटु ढकढक छ कतै आएर भाडा माग्ला भन्ने । धन्न भगवान पशुपतिनाथ दाहिना भए । घरभेटि गएछ ।
अब भाडा तिर्छु भनेर ल्याको त होनि अब बाटोमा आउदै गर्दा लङ्गुरबुर्जा खेल्दै रैचन् । घरबेटिको भाडा सब एक बर्षकै तिर्दिन्छु भन्दाभन्दै सप्पै स्वाहा । जुवा हार्ने मान्छेलाइ जुवा ठीक रैनच ।
अब भात कसरि पकाउने त, कराइमै काम चलाउन पर्ला ।। हो । । भरे चै नबिर्सि रबर लेराउछु । स्टभ स्वार्रर्रररर घिसांरे ।
सानै देखि घडि सँग दुश्मनी, पौने नौ बजाइसकेछ । घडिको रिस स्टभको दममा पोख्न थालेँ ।
पल्लाघरे साइली भाउजु कराइन । ए सर्लाद भाइ पानी सुक्नै लाग्यो , पानी नथाप्ने ? फेरी तिन दिन आउन्न नी ।
म पनि घाँटिको नशा चुडिएला गरि कराइँ ।
आँइ भाउजु । ति भाउजुको खास नाम त लोकमाया हो तर नाम लिएर बोलाउन चै लाज लाग्छ मलाइ । तिनको सौताकी कान्छि छोरी सँग कहिलेकाहिँ परको गल्लिमा आँखा जुध्छ मेरो । तल्ला जातका मान्छे भनेर के गर्नु कस्ती चिटिक्क परेकी राम्री छे । झन् त्यो निलो कुर्ता र रातो रिबनमा क्याम्पस गएर आंउदै गर्दा जब म उसको दायाँ गालाको बिचमा खाल्टा पारेर हांसेको देख्छु भुतुक्कै हुन मन लाग्छ ।
रुप र बैंश भन्ने चिज बढा अचम्मको ।
तल घुम्तीको पसल साउनीले भनेकीन , उसलाइ देख्दा मेरो मुहारमा नै छुट्टै रौनक र चमक आउछ रे ।
जिस्काउदै थिएन् अस्ति । उनैबाट उसको नाम थाहा पाएको । मिरा । आहा कति रामा्रे नाम । मान्छे जस्तै ।
स्टभ दम दिन थाले । मट्टितेलले स्टभको बर्नरलाइ तलदेखि टुप्पो सम्मै अभिशेक गरायो । हावा खाल्देँ । सर्टको बगलि छामें । आच्चे काँ प¥यो लाइटर । पाइजामामा छामे अहँ छैन । हिजो भख्खर २० रुप्याँ दाम प¥या लाइटर काँ प¥यो त सिरानीमुनि पो राखेंकी , काँ हुनु छैन
। इ इइइइ हतारको बेलाँ ।।।
बिहान चर्पिमा पो खसालेँ की
मख्खिचुस घरबेटि चर्पिमा कहिलै बत्ति नि हाल्दैन अनि चुकुल नि रामा्रे लाग्दैन । चुकुल हाल न भन्यो , खजानाको बाक्सा हो र ताल्चा चकुल हाल्नलाइ भन्छ । जहिल्यै टिभिमा खैरकोे रेसलिङ्ग हेरेर बस्छ । कहिलेकाँहि त त्यहि रेसलरले जसरी त्यो भुंडे घरबेटिलाइ गोदुँ जस्तो लाग्छ । मनको लड्डु घिउ सित ।
तर पनि सक्दिन के गर्नु ।
लौ चर्पिमा पनि छैन लाइटर । ए ब्ाँबा । कता प¥यो त ? खुब मन प¥या लाइटर त्यो मेरो । कलेजी रातोमा लिपिक्क टा“सिएकी बिदेशी शुन्दरीको अर्धनग्न फोटो । लाईटरको टाउकामा जिउ भन्दा मोटो डल्लो परेको फलामको पथ्थरको संसर्गमा आगो बाल्ने घिर्नि । हैट । हिजो भख्खर २० रुप्या“ दाम हालेको आजै गायब ।
शाला । म के सज्जन भको त संसार सब चोर भएछन् कि क्या हो ।
सानामा गाउ“मा छंदा गोबिन्द थारुले बारी भरि आ“प र लिच्चि लगाको थ्यो । उसका बारीका आ“प गाउ“भरिकै सबैभन्दा अब्बल ।
मिठ्ठो । आहा ।
तर थारु लास्टै दुस्ट । कसैलाइ बारीको एक गेडो आ“प र लिच्चि सुंघ समेत नभन्नि । हामी गाउ“मा जम्मा ४ जना मिल्ने साथी । मिजार , ढल्के , गगन र म । सबैभन्दा बाठो मिजार थ्यो ।
जब जब थारुको बारीमा आ“प पाकेको वास्ना हावाले ढल्केलाइ दिन्थ्यो तब तब ढल्के इजार नभएको सुरुवाल देबे्र हातले समातेर दाहिने हात मुठि कसेर दगुर्दै मिजारलाइ सो सूचना दिन्थ्यो
। केटाहरुले चेति सकेका थिए कि बल भन्दा बुद्धि ठूलो हो भन्ने कुरा । एकपल्ट तिन नाम्ले का“ल्लो हाम फालेर हामी बगैचामा पस्यौ“ । यसो हेर्दा , चारैतिर आ“प नै आ“प । मानौ संसार सब आ“प मय छ । ढल्केले तुरुक्क आ“सु नै खसाल्यो खै किन हो गगन मुख नै आ“।।। परेर बम्बे आ“पको बोट हेरेको हे¥यै । बम्बे आ“प भएसी के हि चाहिन्न गगनलाइ । म र ढल्के आपको रुख चढिहाल्यौं । मिजार पर पर्खालमा बस्यो मान्छे हेर्नलाई । गगन चाहिं सानो गा“ठका मान्छे रुख भन्दा तल बस्यो झोला समाएर । मैले जीवनमा पहिलोपल्ट देखें कि मानिस बादर भन्दा छिटो आ“प खान सक्दो रहेछ भनेर । ढल्के यसरी आ“प माथि बर्सिरहेको थियो की मानौ त्यी आ“प संसारकै सबैभन्दा पछिल्ला आ“प हुन् । बल्ल मैले बुझें किन बिहान मिजारलाइ बोलाउन ढल्के मुटु नै फुट्ने गरि दगुरेको रैच भनेर ।
मायै लाग्यो मलाइ त । ला भनेर खान लाको आ“प पनि उसैलाई दिए । तेत्रो आ“प सिंङ्गै मुख भित्र हाल्यो सालेले । अनि बल्ल मलाइ बिश्वास लाग्यो कि देवकीले श्रीकृष्णका मुख भित्र सारा ब्रमांण्ड देखिन् भन्ने कुरा । जाबो तुच्छ मानव ढल्केको मुखमा त बिरालाले नाग्न सकन्ने आ“प ख्वाप्पै छिर्दो रहेछ भने त त्यी त भगवान श्री कृष्ण । नमन गरे मनमनै ।
मिजारले पर्खालबाटै सुसाल्यो । पुलुक्क उता हेरें । इसाराले आ“प माग्यो । तँ पनि त बांदरको मोडिफाइड भर्सन होस् नि भनेर एउटा आ“प त्यता फाल्दिंए । नभन्दै खायो पनि त्यसै गरि । गगनलाइ रुख चढ्ने बित्तिकै देको एउटा आप अझ चाट्दै छ । धिक्कार होस् तेरो जिन्दगी । ढल्केले ट्वाक्क जिर्वो पड्कायो । अनि अगाडिपट्टि थोतिएका रातो गिजा मात्र देखाएर ङिच्च हास्यो । आँपको चोपले उसका सारा पाइन्ट टाटेपाटे भइसकेको थियो । मैलो हातबाट आ“पको रस बैजनि रङ्गको हुदै कुइनाबाट झर्दै थिए । उ त्यो रस खानलाई बेलाबेलामा कुइनासम्मै नाग झैँ जिवो्र लेपलेपाउन पुग्थ्यो । छि । ढल्केले कुरा निकाल्यो । हेर साथि हो । थारु आउनु भन्दा पहिल्यै बोरामा आ“प कोचौ अनि भागौ ।
सबैले सहमति साथ मुन्टो हल्लाए । ढल्के टुप्पामा पुग्यो र सकेको टिप्न थाल्यो र नसकेको भाग हल्लाउन थाल्यो ।
आ“प, बैशाकमा परेको अशिना जसरी बर्सन थाले । मिजार पर्खाल बाटै सब हेरिराथ्यो । एउटा आ“प उछिटिएर पर छहारीमा निदाइ राखेको थारुको टाउकामा बज्र जसरी लाग्न पुग्यो , उ आमा भन्दै कोलोहाल गर्दै उठ्यो । म झस्याङ्ग भए“ । ढल्केको सुर हरासकेको थियो
। पर्खालमा हेरें मिजार कुलेलाम ठोकिसकेछ । बल्ल बुझें मिजार किन पर्खालमा बसेको रहेछ भन्ने ।
गगन लाइ हेरे आ“खा भन्दा पहिल्यै सुरुवाल बाट लुसुसु आ“सु निकालेर सुरुवाल लपक्कै भिजाइसकेछ । थारु मेघ झै गर्जिदै आयो र तिमरु मु... हो । तेरो बौको बारीमा चोर्न आका।। ? उसका त्यी सिसाका गिला“सको पिंध भन्दा बाक्ला चस्मा भित्रका आ“खा झन् रातो र ठूला देखें मैले । उ सराप्दै आएर गगनलाई बेतको लौराले स्वा“ठ्ठ हान्यो । गगन थुचुक्कै ।
आ“सु सलल बगे उसका आ“खाबाट ।
तेसपछि थारुका आ“खा म र ढल्के पट्टि सोझिए । उ चिच्यायो । म्याचि..... छिठो ओर्लि । उसले आ“पका रुखै थर्किने गरि अर्डर दियो ।
मैले ढल्के पट्टि हेरें , उसका अनुहार अघि आ“प खादा जति मिठो भाथ्यो त्यती नै अमिलो भयो । मलाइ त झन् उल्टि नै आउला जस्तो भयो ।
थारु कड्कियो , तल ओर्लिन्छौ की ढुङ्गाले हानेर ढुकुर झारे झैं झारौ“ । म खरुरु झरें । मलाइ पनि पुठ्ठामा एक लौरो पदक मिल्यो । सुम्ला नै उठ्यो । ढल्केलाइ पनि १ मिल्यो । उ पिलपिल रुन थाल्यो ।
म चाहिं रोइन ।
त्यसपछि हामी ३ जानालाई उसले लगेर सानाकाजीका घर अगाडिको पिपल रुखमा बांध्यो । सारा गा“उमा तमाशा भयो । मलाइ हामीले उसको आ“प हैन बुढि नै चोरेछौं कि जस्तो लाग्यो । हामी तनिै जाना न्यूरेको न्यूरै । सबै भन्दा रिस मिजार देखि उठ्यो थारु आएसी छोडेर भाग्ने शाला । झन मान्छे हेर्न राखेको कसैलाई खबरै नगरि टाप दिएछ । सुङ्गुर पख् तलाई । थारु बीर चढेको आत्मा जस्तो भूभूताउदै एताउता गरिराछ । कोल्लाई पख्र्या हो?
पुलिस पो बोलाएछ कि के हो । जल्लाई पर्खे नि बा चै नआउन् । हे भगवान , बरु तिमलाइ शनिवारका दिन नरिवल चढामला । मनमनै भगवान संग सेटिङ्ग मिलाए । तर भगवानलाइ मेरो अफर मन परेन । बा गोरु चराउदा चराउदैको लौरै बोकेर असिनपसिन हुदै आउदैछन् । मलाइ बा को साह्रै माया लाग्यो । साहै्र सोझा मान्छे । बिचरा कोल्ले छोरालाई निलडाम हुने गरि कुट्या छ थारुले भनेर सुनाइदिएछ ।
बा कुद्दै आइराचन् ।
अब थारु माथि दया लाग्न थाल्यो मलाइ । रामधुलाइ भेट्ने भो आज , बाको ।
बा नजिक आए र एकचोटी घोरिएर थारु तिर हेरे अनि पालै सित हामी लस्करै बा“धिएका ढल्के, गगन अनि म मलाइ हेर्दै आएर टक्क रोकिनु भयो । एकचोटि मुखले चुचु गर्नु भयो अनि पछाडी पटुकाले पुठ्ठामाथी कसेर बा“धेको गोरु चुट्ने लौरी झिक्नु भो । सोझै मेरो पिडुलामा एक लौरो बजाउनु भयो ।
मैले पहेंलै तोरीकै फूल देंखें ।
अनि पिंठमा पाखुरामा पुठ्ठामा जताततै बाको अन्धो लौरो बर्सिन थाल्यो ।
बा झिरले डाम्या रा“गो जस्तो हुनु भो ।
सब गाउले ए नकुट नकुट भन्दै कराउन थाले तर बालाई रोक्ने आ“ट कस्को ? तलाइ मैले के पु¥याउन सकेको थिन र यसरी चोरेर खान थालिस भनेर बा ले नजाने पनि मैले बुझ्ने गरि कम्फू कराते प्रयोग गरे । अन्तमा थारु बिचमा आएर रोकेर मेरो प्राण बचायो ।
बच्चा मान्छे कहिलेका“हि गल्ति त गरिहाल्छ नि भनेर थारुले भन्दा थारुलाइ एक चोटि गर्लम्भ अ“गालो हालेर रोउ“ जस्तो लाग्यो ।
त्यस दिन मैले केहि खाइन । बा देखि साहै्र रिस उठ्यो । बिहान आ“खा उघार्दा ८ बजेछ । साउनको झरि बर्सिराथ्यो । गोडामा प्रशस्त निलडाम थिए । दुखाइको बृदना भन्दा भोक ज्यादा थियो । आमा मेला गकि हालिन सदा झै , दिदी गोठमा । यस्सो हेरे बा को इष्टकोट झुण्डाइराखेको रैच । सर्लक गोजिमा हात हालें १० नोट स्वात्त निकालेर पसल गएं । पसले माइलाको आज धान रोप्ने दिन भएकाले पसल बन्द । अचानक मलाइ मेरो जमिरले पुका¥यो ।
त्यो थारुलाई फुई देखाउने । सोझै थारुको घरको मुल ढोकामा गएर बोलाएं ।
थारु आयो अनि कोइला भन्दा काला अर्ध दांत देखाउदै खिस्यायो के आज नि आ“प चोर्न आको ? आफू परियो सत्रुध्न सिंन्हाको फ्यान , उसैको इस्टाइलमा भन्दें , खामोस ।।। अबे ८ रुपिय“के आम दे बे । उ वाक्क भएर हेरिह¥यो । अनि भित्र पस्यो र च्यातिन लागेको कालो प्लाष्टिकको झोलामा आधा ओइलाएका आप लेराएर दियो । अनि मैले फेरी दुइको नोट दिएँ । र भने ए लो दो रुपिँया तु झे टिप्स । मलाइ खुब स्वाद आयो ।थारु हेरेको हे¥यै π
त्याँ देखि मलाइ बलको मात्र भरमा चोर्न मन लाग्दैन ।
बुद्धिले चोर्छु ।
नचोरेको भे म एस. एल . सी काँ बाछ पास हुनु । घरमा बाले १० रुपिँया हराको पत्तै पाएनछन् । अजकाल पसले सँग पनि सेटिङ्ग मिलाउँछु अफिसको सामान किन्न जाँदा , त्यो पनि त चोरी नै त हो । बाटामा माग्ने पैसा माग्दा पनि दिन्न , त्यो पनि चोरी नै हो । कुन घरबेटिको भाडा नै नतिरी टाप दिन्छु , त्यो पनि त चोरी नै हो । पल्ला घरे भाउजुको सौता छोरी उडाउला त्यो पनि त चोरी नै हो । बत्ति र पानीको पैसा जिन्दगि तिरेको छैन त्यो पनि त चोरी नै हो ।
अनि म जस्तो यस्तो खुखार मान्छेको रातो लाइटर कुन चाहिं पाजीले चो¥यो त π ???
एएएए सर्लाद बाबु पानी सुक्यो धाराको ।
हजुर । भित्रबाटै चिच्यए ।
बिहानको साडे नौ बजिसकेछ भन्या । भात पकाउ कि पानी थापौ कि अफिस जाउ ।
एक्लो जिन्दगि साह्रै घांढो भो मलाइ त । यस पाली त पहिला मिरालाइ आंट्छु यदि मानिनि भने । आमालाइ नै गुहार्नु पर्ला ।
हेरि , म पनि चानचने मान्छे त कांहा ं र ? स्कुल पढ्दै ताका च्याण्टे दमाइकी छोरी पछि लागेकी थिइ रे । ढल्केले भन्या । अब त्यतिखेर भर्खर आफ्नो जुङ्गाका् रेखि बस्या थियो । लुगा चिटिक्क पबरेर हिनेसी जावो २ ४ ओटि केटि पछि पछि लाउन कुनै शकस थिएन तर दमिनि भन्दा पनि आफूलाइ अगाडी बस्ने बुनु क्या राम्री लाग्थी ।
त्यो च्याण्ट्या छोरी कल्ले हेरिरहोस् ।
बुनु ।
खास नाम त बबिता पुडासैनि हो । बबिता पुडासैनी । रोल नं. १ । जांचमा सधै फस्ट । स्याउजस्ता राता गाला । मृगका जस्ता आ“खामा गाजद लाएसी के चाहियो र ?
सरहरुको प्यारी छात्रा । सरहरुले मायाले साखिदिएका नाम बुनु । मलाइ पनि खुब मन पर्छ त्यो नाम ।
हुन त मलाइ चै नराखदिएका हैनन नाम ।
भेडो ।
सरहरुद्धारा बक्सिस पाएको नाम मैले । पढाइमा लद्दु भएकै कारण मलाइ यो नाम जुरेको थियो । खास गरि गणित सर रामबिलास ले मलाइ बातै पिच्छे भेडो भनेर बोलाउथे र सारा क्लास हास्थ्यो म माथी ।
कान तातो हुन्थ्यो त्यतिखेर मेरो लाजले । मुण्टो स“धै नतमस्तक । के गर्नु ।
एकदिन त्यसै गरि सबै हांस्दा को को हासेको छ हेर्छु अनि बदला लिन्छु भनेर साहास बटुलेर मुण्टो उठाएर माथी हेरें मलाइ भेडो भनि सम्बोधन हुदा , सबै हांसिरका रैचन तर बुनु चूप थिइ । त्यसै बेला देखि बुनु मेरा लागि परि भइ ।
आउदा जादा बाटो कुर्न थाले म । तर उ मलाइ बाल दिन्थिन । म उसैको कल्पनामै हराउथ थालें ।
बार्षिक परिक्षा आयो ।। मैले मन मनै निर्णय गरें । परिक्षाको अन्तिम दिन उसलाइ पे्रमपत्र दिन्छु । बिचार गरें । अनि म नया नया फम्र्याटमा प्रेमपत्र तयार गर्न थालें । पढाइ भन्दँ लब एक्जाममा फस्ट हुनुथ्यो मलाइ । परिक्षा सुरु पनि भयो र म पनि परिक्षा सकिने दिन दिनगन्ति गर्न थालें । पढ्न भन्दा उसलाइ पच्छ्याउन थालें । अरु साथीहरुको पनि वास्ता लाग्न छाड्यो बुनु देखेसि । उसका बा तल हुलाक अफिसका हाकिम रे । ३ महिना अगाडि सरुवा भएर आएका ।
अन्तिम दिनमा निकै आत्मबिश्वासका साथ प्रेमपत्र दिन म तयार भएर बाटोमा बसें तर बुनुका साथीहरु त आए , उ आइन । मनमा नाना थरिका कुरा खेल्न थाले । कता गइ त ? । मैले उसको घर पनि पत्ता लाइसेकेको थिएं । म सिधै उसको घरमा गएं । घरमा बडेमानको भोटे ताल्चा लाको रैच छिमेकीलाइ सोध्दा पो पत्ता लाग्यो उनिहरुको त नेपालगंज बसाइ सरेका रे ।
आकाश नै आएर थिचे जस्तो भो मलाइ ।
एकचोटि नि नबोलि लगाको माया हुरिले सिमलका भुवा उडाको जसरी उडायो ।
मन बिरत्तियो । संसार छिनियो म बाट ।
त्यहिं बाट त हो मैले चुरोट खान सिकेको ।
अनि प्रमा्ेशन भयो रक्सिमा ।
जुन दिन रक्सिमा प्रमोशन भयो त्यहि दिन फेरी डिमोशनामा परे म स्कुलमा । म फेरी फेल भएछु कक्षा ६ मा । तश्रो पल्ट । तर पनि प्रेमपत्र लेखनमा बोर्ड फस्ट भए म । त्यो समयमा हरेक लठ्ठु म काहां प्रेमपत्र लेखाउन आउथे । ।
अरु मायामा मात्र फेल हुन्थे । म चाहिं मायाको अनि स्कुलको दुवै परिक्षामा फेल भएं ।
होस् आज खाना साना पकाइदैन । भन्दै म बाल्टि ले र पानी लिन निस्कएं । काठको भ¥याङ्ग खुरुरु झर्दै थिएं, कोल्ले बिच भ¥याङ्गमा मा एक बाल्टि पानी राखिदिएको रहेछ । त्यसमै अल्झेर भ¥याङ्ग संगै मझेरीमा आइपुगें । बाल्टिनी मेरै थाप्लोमा सिरानी गरी पल्टेर मलाइ निथु्रकै पा¥यो । मरो पारा चढ्यो । बाल्टिनिको भूंडिामा ताकेर एक लात बनाएर दें । बाल्टिन उछिटिएर छिमेकीको सुकाइराखेको लुगा सोहोर्दै नालीमा खस्यो । बल्ल म झल्यास्स भए. । अब छिमेकीले मार्ने भो । रिस खाए आफू , काम खाए अरु ।
छिमेकी भन्दा पनि छोरो चाहिं सित डर लाग्छ मलाइ । ट्यापे छुरी हान्न नि बेर मान्दैन ।
म केहि थाहा नै नभए जसरी धारामा सुसल्दै गएं ।
धाराले आफ्नो भूंडिमा भएकाृ जती पाती खन्याएर बिदा भइसकेछ । मलाइ आफै देखि दिक्क लाग्यो । कोठामा एक थोपा पानी छैन ।
अब म कसो गरुं? बेलैमा त्यो रातो लाइटर भेट्टाएको भए अहिले यो हबिगत हुने थिएन । मनमनै सरांपे ।
त्यो लाइटर चोर्नेले आजको रात पनि काट्न नपाओस् भगवान । । । कसरी खाएर जाने अब अफिस । परलमा नि जा“हा त्यहि उधारै उधारो छ । कसैले उधारो दिदैन । म बाल्टिनभित्र टाउका छिराइ कोठामा धुमधुमती बसिरहेको थें ।
आबुइइइइइइइ
माइली दिदी चिच्याउनु भो ।
के भो मैले सोधें ।
ए यो पो रैछ ।
मुर्दार । के गरि बस्या । काहिं बाल्टि टाउकोबाट हुलेर छाति सम्म लाएर बस्छन् । म त झस्याङ्गै भएं । मसान आएछ भनेर ।
ए त्यस्तो केहि होइन । अनि किन आउनु भो
वांहा रिसाउदै भन्नुभो । तै“ भातेको हिजो लगेको लाइटर पु¥याउन आ ।
कस्तो केटिको फोटो टास्या ं नि यो ? घिनैलाग्दो । छि छि ।
थुक्क कस्तो हुस्सु भा को म । हिजो राती बत्ति गएसी पल्लो घरको कोठमा बस्ने माइली दिदिले बत्ति बाल्न प¥यो ले बत्ति भन्दा , बत्ति छैन इ यो लाइटर लेर जानु’ भनेर भनेर देको भुसुक्कै बिर्सेछु ।
मेरो सुद्दि पनि के यस्तो भा होला ।।
धन्नको रैछस् त“ रातो लाइटर । । ।

Subscribe to:
Posts (Atom)