लियो राकेश खत्री
गत ५ जनवरीमा हातहतियार कानूनसम्बन्धि एक सम्बोधनमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो आँखाबाट केही थोपा आँसु खसाले । सन् २०१२ को Sandy Hook Elementary Schoolमा भएको गोलीकाण्डमा १ कक्षामा पढ्ने विद्यार्थीहरु मारिएका थिए । त्यही क्षण सम्झँदा ओबामाले आफूलाई सम्हाल्न सकेनन् ।
‘न्यूटाउनमा १ कक्षाका विद्यार्थीहरु । एक कक्षाका ! हरेक पटक ती बच्चाहरुको बारेमा सोच्दा म पागल हुन्छु !’ कनेक्टिकटमा भएको गोलीकाण्डलाई इंगित गर्दै ओबामाले आफ्नो कुण्ठा पोखेका थिए ।
ओबामाका आँखाबाट खसेका आँसुका थोपाहरुले मिडियाको राम्ररी नै ध्यानाकर्षण गर्न सफल भयो । कोही मानिस रुनु अनौठा र नयाँ कुरा होइन । तर कोही पुरुष र त्यो पनि अमेरिका जस्तो शक्तिशाली राष्ट्रको राष्ट्रपति जस्तो मानिस सार्वजनिक स्थानमा त्यसरी रुनु यहाँ पूर्वीय संस्कृतिमा मात्र होइन, विकसित पश्चिमा संस्कृतिमै पनि अनौठो मानिन्छ । तर पुरुषको आँखाबाट खस्ने आँसुलाई विज्ञानले कसरी हेर्छ ? के फरक छ महिला र पुरुषको आँसुमा ?
पुरुषहरु पनि रुन त अवश्य रुन्छन्, तर के कुरा सत्य हो भने जैविक रुपमा नै पुरुषहरु महिलाहरु भन्दा कम रुन्छन् । तर पुरुषहरु महिलाहरुको दाँजोमा कम रुने भए पनि विभिन्न अनुसन्धाहरुका अनुसार पुरुष र महिलाहरु दुबैमा रुवाइका लागि जिम्मेवार भावनात्मक उद्वेगहरु भने एकै प्रकारका हुन्छन् ।
सामान्यतया हामी के विश्वास गर्छौँ भने महिलाहरु कुनै दुःखदायी समाचार, चलचित्रका दुखान्त दृष्यदेखि अन्य स–साना कुराहरुमा पनि रुन्छन् । तर पुरुषहरु भने जस्तोसुकै मुटु कुढिने समाचार पनि सजिलै पचाउन सक्छन्, पुरुषहरु खासै रुँदैनन् ।
हाम्रो यो विश्वासलाई वैज्ञानिक अध्ययनहरुले पनि केही मात्रामा पुष्टि गरेका छन् । सन् २००४ मा नेदरल्याण्डको Tilburg University का मनोविशेषज्ञहरु Ivan Nyklicek, Lydia Temoshok र Ad Vingerhoets को एक अनुसन्धानका अनुसार महिलाहरु वर्षमा औसतमा १२ पटकभन्दा बढी रुन्छन् । यो भनेको पुरुषहरुको तुलनामा ५ गुना बढी भएको कुरा उनीहरुले "Emotional Expression and Health" नामक अनुसन्धानात्मक पुस्तकमा उल्लेख गरेका छन् । साथै, पुरुषहरुको रुवाइ औसतमा २ देखि ३ मिनेट लामो हुन्छ भने महिलाको ६ मिनेट । ख्ष्लनभचजयभतक का अनुसार १ घण्टाभन्दा बढी समय रुने पनि सामान्यतया महिलाहरु नै हुन्छन् ।
संसारका सबै संस्कृतिहरुमा महिलाहरु बढी रुने गरेको पाइन्छ । तर,Cross-Cultural Research नामक जर्नलमा सन् २०११ मा प्रकाशित एक अध्ययनका अनुसार केही गरिब देशहरुमा भने मानिसहरु सामान्यतया कम रुन्छन् । र ती देशहरुमा पुरुष र महिलाको रुवाइबीच खासै अन्तर पाइँदैन । यस्तो किन हुन्छ भने, अनुसन्धाताहरुका अनुसार ग्रमीण संस्कृतिमा उद्वेगको अभिव्यक्तिलाई केही हदसम्म दबाएर राखिन्छ भने शहरी संस्कृतिमा उद्वेगलाई अभिव्यक्त गर्न प्रोत्साहित गरिन्छ ।
तर महिला र पुरुषको रुवाइबीचका भिन्नता संस्कृतमा मात्र भर पर्दैन । वैज्ञानिकहरुका अनुसार यसको जैविक कारण पनि छ । महिलाको शरीरमा स्तनपानको समयमा उत्पादन हुने Prolactin नामक होर्मोन पुरुषहरुको तुलनामा बढी हुन्छ । एक सिद्धान्तका अनुसार यही Prolactin होर्मोनको कारण महिलाहरुमा आँसु बढी उत्पादन हुन्छ भने पुरुषहरुमा बढी पाइने टेस्टोस्टेरोन होर्मोनले भने आँसुको उत्पादन कम गर्ने काम गर्छ । सन् १९९८ मा कोर्निया नामक जर्नलमा प्रकाशित महिलाहरु मात्रमा गरिएको अनुसन्धानले पनि यो सिद्धान्तलाई थप बल दिन्छ । उक्त अनुसन्धानका अनुसार Prolactin होर्मोन कम र टेस्टोस्टेरोन हर्मोन बढी भएका महिनावारी भइनसकेका महिलाहरुमा आँसुको मात्रा बढी पाइएको थियो । महिनावारी भइसकेपछि उचयबिअतष्ल को उत्पादन बढ्ने हुनाले महिनावारी भइसकेका महिलाहरुमा आँसु उत्पादन पनि बढी पाइएको थियो । र यसै कारण, किशोरावस्थाभन्दा पहिले केटा र केटी दुबैमा टेस्टोस्टेरोन र Prolactin को मात्रा खासै फरक नहुने हुनाले दुबै लगभग उति नै रुन्छन्, British Journal of Developmental Psychology मा सन् २००२ मा प्रकाशित एक अध्ययनमा भनिएको छ ।
होर्मोनको मात्र नभएर आँसु बग्ने नलीको संरचनामा पनि पुरुष र महिलाबीच फरक हुन्छ । सन् १९६० मा American Journal of Physical Antrhopology मा प्रकाशित एक अध्ययनका अनुसार महिलाहरुमा आँसु बग्ने नली पुरुषहरुमा भन्दा छोटो हुन्छ । त्यस्तै, महिलामा आँसु बग्ने नली सतहमै हुने हुँदा सजिलै ब्लक हुनसक्ने हुन्छ । यसको कारण आँसु बग्ने ठाउँ नहुँदा आँखामै जम्मा हुने र त्यहाँबाट बग्ने हुन्छ ।
केही अनुसन्धाताहरुले भने पुरुष र महिलाको रुवाइमा भएको भिन्नतामा सांस्कृतिकले पनि केही भूमिका खेल्ने बताउँछन् । हाम्रा पौराणिक कथाहरुमै पनि उद्वेग व्यक्त नगर्ने व्यक्तिलाई बलियो र पुरुषार्थ भएको व्यक्तिको रुपमा चित्रण गरिएको हुन्छ । साथै, पुरुषहरु घरबाहिर काम गर्न जाने संस्कृति सुरु भइसकेपछि पुरुष र महिलाको रुवाइमा भिन्नता सुरु भएको हुनसक्छ । अमेरिकी लेखक Tom Lutz ले आफ्नो पुस्तक "Crying: A Natural and Cultural History of Tears" मा यो कुरालाई काममा हुने उद्वेग अभिव्यक्तिलाई सीमित पार्न लगाइने तथ्यसित जोडेका छन् । उनका अनुसार कम्पनीका मालिकहरुले उत्पादकत्व नघटोस् भन्ने हेतुले आफ्ना कर्मचारीहरुलाई रुने वा अन्य कुनै उद्वेग सकेसम्म व्यक्त नगर्न दबाब दिन्थे । र, औद्योगिकरणको सुरुवाततिर महिलाहरु भन्दा बढी पुरुषहरु घरबाहिर काममा जाने हुनाले पुरुषहरुले उद्वेग अभिव्यक्तिलाई दबाएर राख्ने संस्कृति बनेको हुनसक्छ ।
रुवाइको मात्रा फरक भए पनि रुवाइपछाडिको कारण भने पुरुष र महिलाहरु दुबैको लागि सामान्यतया एउटै हुन्छन् ।
यद्यपि, महिला र पुरुषमा को बढी रुन्छ भन्ने प्रश्नको उत्तर जे भए पनि रुवाइले मानिसहरुलाई भावनात्मक रुपमा नजिक भने अवश्य ल्याउँछ । ओबामाले खसालेका आँसुका थोपाहरुले अमेरिकी र
विश्वभरिका मानिसहरुलाई केही मात्रामा ओबामाप्रति भावनात्मक रुपमा नजिक पु¥याएको अनुसन्धाताहरु बताउँछन् । उनीहरुका अनुसार रुनु भनेको आफ्नो कमजोरी प्रकट गर्नु हो, आफू असुरक्षित छु भन्ने कुराको संकेत हो । आँसुले मानिसको दष्टिमा बाधा पु¥याउँछ । त्यसैले आँसु भनेको आफू आक्रामक नभएको कुराको संकेत मात्र नभएर ‘तिमीहरुले मलाई आक्रमण गर्दैनौ भन्ने मलाई विश्वास छ ।’ भन्ने कुरा पनि दर्शाउनु हो । त्यसैले livescience.com का अनुसार आफू कसैको लागि खतरा नभएको संकेत सम्प्रेषणमा आँसुको ठूलो भूमिका हुन्छ । यसबाट दुबै पार्टीबीच राम्रो सम्बन्ध गाँसिने कुरा मनोविज्ञहरु बताउँछन् ।
No comments:
Post a Comment