-लियो राधेश्याम अधिकारी
मधुर झंकारमा झम झम झम्किने तिमी ,पाताल रसातलसम्म रिझाउछौ
बहकिएर धागो चुड्एिका चंगासरी यी मनलाइ अझै ब्याकुलित बनाउछौ ।
सरसर झरझर बर्षि रहूँ जस्तो लाग्छ तिमी जसरी नै
कल कल झर झर बगुं जस्तो लाग्छ तिमी जसरी नै ।
बिडम्बना । आँखा शिवाय कहिं बाट बग्नै सकिन
हृदय शिवाय कहिं बाट सोच्नै सकिन
आत्मा शिवाय कहिं बाट मान्नै सकिन ।
अब झ्याउकिरीले पनि तिम्रो गितमा सुर मिलाउन थालिसके
कोइलि पनि अवाक भइ तिमा्रे दाश बनिसके ।
सुख्खा बंजर चउर हरिया गलैचा बनिसके
मयुरले छरप्रष्ट प्वांख पारी नाच्ने ठाउ छानिसके ।
आहा कति आनन्द ।
सिरुपाते कोदाली असारे भाकामा नाचिरहदा
दुइ हल गोरु हिलोमा नारी रहदा
अचम्म लाग्छ मलाइ ती कृषकको हसमुख चेहेरा देखेर
हुल्दैछन् तिमीलाइ दुवांलो छेकेर ।
कति बाढि कतै पहिरो त कतै खडेरी
सारा संसार तिमो्र एकै मझेरी ।
रुझ्दै छु आज सुस्त सुस्त
पुकलित मन छ किन किन फुरुङ्ग ।
सरसर झर झर कल कल पानी
पानी नै हो जिन्दगानी । । ।
No comments:
Post a Comment