Monday, October 30, 2017

आमा अब नरुनु है

-अश्विन समीप 

केही रहरका थुङ्गाहरु

केही बाध्यताका पोकाहरु
मनमा त्यो विशाल सहर
नियाल्ने धोको
अनि भविष्यका केही 
अनुपम सपना संगालेर
जुन दिन घर छाड्ने 
निर्णय गरेको थिए
हो त्यहि दिनबाट
मलिन थिए मेरी 
आमाको  मुहार 
गहमा पोखिन तयार थिए 
त्यी टिलपिल नयनहरु
भारी भएको थियो 
त्यो धर्ती भन्दा विशाल मन,
आखिर, कसरी मुस्कुराउन 
त्यी ओठहरु
कसरी रमाओस् त्यो मन
जब आफ्नै प्राणको टुक्रा 
सन्तान छोड्दै छ घर
पुग्दै छ कोशौ पर
छेकिदैछ आफ्नो नयनबाट,
जब आफ्नै भविष्यको 
गन्तव्यको नक्शा बोकेर
दुई घडाले सुसज्जित 
ढोकाबाट निस्कदा
निधारमा रातो टीका
र आशिर्वाद दिदै गर्दा 
भकानिनु भएथ्यो मेरो आमा
अनि बिदाईमा राम्रो सगं
जाउ है बाबू भन्दै गर्दा 
रुनु भएथ्यो मेरी आमा
हो त्यही दिन सम्झेर
मनमा आट र साहस
पलाएको छ
हो आमा छोराले
गन्तव्यको नक्शा
कोरिसकेको छ।
जिन्दगीको म्याराथनमा 
अघि बढिसकेको छ।
आमा अब मनमा
चिन्ता बोकेर 
नरुनु है मेलपातमा...

No comments:

Post a Comment