बार्षिक जांच सक्कियो । पास फेल मार्सापको हातमा । दया लागे पास गर्देलान् नत्र फेरी त्यहि किलांस । हाम्रा बा देख्दा पनि दिक्क लाग्छ । छोरो पढ्दैन भनेर जान्दा जान्दै किन मरिहत्ते गरेर स्कुल हाल्देका हुन् बुझे मार्दिनु । कहिलेकहिँ त एहि पढाइकै कारणले घरबार छाडेर भागौ जस्तो लाग्छ ।
चैत्रका दिन, उखरमाउलो घाम ।
वाक वाकी लाग्ला जस्तो ।
बन जंगल सप्पै नाङ्गै
। बुढापाकाले भनेका ,यस्तो उराठ देखेर आइमाइ नि कतै अन्तै पोइला जाउँ जस्तो लाग्छ रे ।
बिरक्त्तिएर ।
हैट कस्तो रहेछ त यो मौसम आइमाइको मन बिगार्ने ।
गगनको पेट ख्वाप्प भित्र छिरेको छ ।
आपको रुखको छाहारीमा एक गोडा पसारेर , अनि अर्को गोडा पसारेको गोडाको घुंडामा खप्टेर देबे्र हातले दबै आखामा पाली हालेर सुतिरहेछ ।
सार्है रोगि छ ।
परार हैजा लाग्यो । पोहोर आउ पर्यो अब यसपालि के हुने हो ।
गर्मि चढेसी यहि पिर छ उसका बा आमा र मलाइ ।
दुब्लो भएकाले होला उसका एक एक करंग गन्नै मिल्छ ।
अझ खादा उसको अनुहार हेरो भने मानिसको टाउकामा रहेको कुन कुन हड्डिले कसरी कसरी खाना चपाउदा काम गर्दो रहेछ भनि प्रत्यक्ष् अवलोकन गर्न सकिन्छ ।
त्यसैले रिस उठेका बेला म उसलाइ ए करंग भनि बोलाउछु ।
अनि उ पनि रिसले आगो हुन्छ । अनि मलाइ प्याच्च भन्दिन्छ ।
बुढो बच्चा ।
बुढो एसकारण की ६ कक्षा पढ्न थाल्या ३ बर्ष भो ,कहिले पास भइएन अनि बच्चा यस कारण कि म साना साना बालकहरु सित बसेर पढ्ने गर्छु । नत्र त उमेरमा त म पनि १६ लागसिकें । जुँगाको रेखि नै प्रष्ट देखिन थालिसके ।
एक चोटि गगनले मलाइ त्यसै गरि ए बुढो बच्चा भनेर जिस्कायो ।
मेरो पालो उसको मुत्र थैली बेस्मारी समाइदिए । ऐया भनेर करायो अनि भुक्लुकै ढल्यो । यसो हेर्छु चिटचिट पसिना निकालेको छ तर मान्छे बोल्दै बोलेन । मेरो होस हवास हरायो । मनमनै ग्लानी पनि भयो । त्यसाको गोप्य अंग समातिदिएकोमा ।
उ रातो हुदै आयो ।
मलाइ अब यो मर्यो जस्तो लाग्यो । अव के गर्ने त पुलिस आएर समात्यो भने त छाला काडेर राख्छ रे । बा लाइ पनि कसरि भनौ मैले गगनलाइ मारें भनेर । बाले उल्टै मलाइ मार्छन् ।
मलाई ढाहा भयो ।
कुदे । बारीमा गएं ।
दुईवटा कर्कलाका पात चुडें । हत्तपत्त आएर एकले गगनलाइ हम्किन थालें अनि अर्कोले आफैलाइ । अब यसरी बसेर भएन । याहाबाट भाग्नु नै बेस चप्पल लाएर दौडिन असाध्यै गाह्रो हुन्छ । मैले चप्पल हातमा उने । म भाग्न ठिक्क परेर के उठेको थिएं । कतैबाट मसिनो आवाज आयो ।
बुडोबच्चा मलाइ एक्लै छाढेर कां जान लाको ?
यसो फर्केर गगनलाइ हेरे उ मसिना आंखा उघारेर खिस्स हास्यो । मलाइ जिन्दगिमा ए बुडोबच्चा भनेर पहिलोपल्ट कसैको मुखबाट सुन्दा यति आनन्द त्यै बेला मात्र आयो ।
मेरो प्रस्तावित बन बास पनि त्यहि बाट टुंगियो । त्यस दिन देखि कसम खाए कि अब गगनलाइ कुट्दिन भनेर ।
कस्तो घाम चर्केको होला । माटै बल्ला जस्तो भैसक्यो । झन् चिसो हावा खान आपको रुखको छाहारीमा आएर बसेको , चिसो हावा त परै जाहोस्, झिंगाको बेस्वादे गितले वाक्कै बनायो । गगन पनि उकुसमुकुस गर्दै पल्टिरहेको छ । झिंगा बढि उसका नाक वरिपरि घुमेर दुःख दे को जस्तो छ । सिंगाने फोहोरी । कहिल्यै सुग्घरी नहुने भो ।
पारीपट्टि बाट इजार नभएको सुरुवाल च्याप्दै ढल्के आइरहे जस्तो छ । घामले तिरमिर भएर मैले ठम्याउन सकिन । गगन लाइ चिन्न अह्राएं । उ आखाको ढकनि हटाएर लामो सास तानेर एक आखाले हेरेकै भरमा फैसला सुनाइदियो , हो , ढल्के नै हो । अनि फेरी पूर्ववत ढकनी राखेर सुत्यो ।
ए हो रैच ।
कां जान ला ढल्के ?
पौडि खेल्न हिन् रे , मिजारले भन्या ।
साला मिजारको हुलाकी । जहिले पनि उसैको मात्र किन हुलाकी बन्छस् ? हाम्ले भन्या कहिले मान्च र यो । मान्छे सानो भए नि हिम्मतीलो जवाफ दियो गगनले ।
त्यस्तो हैन साथी हो । मिजार मान्छे ट्यलेण्ट छ के । उ सित हिनेसी खानलाइ दुःख हुन्न । चोरेर नि ख्वांउच । तिमरु जस्तो भुक्कड हो र त्यो ।।। जाने भे हिनो नत्र म बाटो लागें ।
मैले गगनलाइ आखा सन्काएं ।
उसले पनि जांउ न त भनेर आखै सन्कायो । अनि जुरुक्क उठेर तुरुक्क सु गर्यो ।
सिधा हैन गाउ पछाडिको बाटो जाउ भन्यो ढल्के ले ।
यस्तो गर्मिमा किन गाउ पछाडिबाट जान परो ।
गगन ले बेमती राख्यो ।
हिन न हिन पछि थाहा पाइहाल्छस नि । ढल्केले जित गरो ।
हाम्रो केहि सीप लागेन ढल्केका सामु ।
गाउँ मा चैते धान रोप्ने चटारो छ । आमा पनि धान रोप्ने खेताला जानु भएको छ ।
आमाको मेलोमा गएर ठीक ३ बजे खाजा खाने समय छोपेर खेतमा खाजा खाने मौका जुराउनु छ मलाई ।
चाम्रे र लुको तरकारी । असाध्यै मिठो हुन्छ ।
आज त माथी रुपमति काकीको मेलो हो । उनले त मिठाइ नि ख्वाउंछिन् रे ।
बैश छदा रुपमतिका रुपका पछि लाग्ने कत्ति कत्ति रे ।
सब आवारा लण्ठूका बासै उसका करेशामा ।
लण्ठूहरुले हैरान परे भनेर उनका रिटायर्ड हल्दार जुंगेबा ले घरमा अजङ्गको भोटे कुकुर पालेका थिए रे ।
मान्छे आएसी सान्ग्लै छिनाउला जसरी कराउने ।
ति मध्ये हाम्रा बा नि पर्थे रे रुपमतिको वान साइडेड प्यारका आशिक ।
कुकुर ल्याए सी अरुले धाउन छाडेचन् तर हाम्रा बा चै १ पाउ मासु कुकुरलाइ बोकेर जादा रैचन् । कुकुरलाइ मासु फूत्त फाल्दिएर रुपमती संग नारिन पुगिहाल्ने ।
कुकुर पनि के काम । मासु खाउन्जेल सम्म चुप्प लाग्दो रैच त्यसपछि बा लाइ नै खाउला जसरी झम्टने ।
एक दिन यो सब कुरा हजुर बा ले थाहा पाएछन् । अनि त के चाहियो र हाम्री आमालाइ खोजरे बा को जिम्मा लगाइदिए । बिहे पछि पनि बा कहिलेकाहि रुपमतिको घर तिर हेरेर टोलाउथें रे ।
त्यहि भएर अहिले पनि बा केहि नरामा्रे बोल्दा घर उचाल्ने गरि
“जांदा होस् त रुपमतिको कपाल केलाउन किन मेरा अगाडि आएर नाकको फोहोरा उचालिनि गरि घुम्छस्”
भनेर आमाले गालि गर्छिन् । बा वाक्क न ब्याक्क पर्छन् । अनि लामो खुइएएए सुस्केरा हाल्छन् ।
तर रुपमतीको रुप ओइलाइसक्यो आजकाल । बैशमा पोइ नै पोइ मर्ने बेला कोइ न कोइ भकि छिन् आजकाल ।
ढल्के टक्क अडियो । चारैतिर हेर्यो । अनि झुवाम्म हाम फाल्यो पखरेनि भाउजुको केराउ बारीमा ।
बल्ल बुझें । ढल्केले किन गाउ पछिल्तिर बाट जाउ भन्यो भनेर ।
उसले मलाइ पनि बारीमा आउन साउती गर्यो तर म चौधरीले पिपलको रुखमा बाधेर बाउको कुटाइ खुवाए देखि सितिमिति आर्काको बारीमा जान्न । बिशेष गरि अझ दिउसो ।
उसले अँगालो भरि सोरेर एक पाटोको केराउ ल्यायो ।
तर इजार नभएको सुुरुवाल लुसुसु झरिहाल्थ्यो । सुरुवाल समाउ केराउको बोट झथ्र्यो ।
उसले गगनलाइ आखैले बोलायो । गगन तुरुन्तै बारीमा पुगेर ढल्केको सुरुवाललाइ ट्याप्प समाएर डोरीले जसरी हाते कस्यो । अनि दुवै माथि उक्लिए ।
ढल्केले सहयोग नगरेको भनेर रिसाउदै मलाइ ए बुढो बच्चा भनेर आखा तर्यो ।
मलाइ भाउन्न भो । के राउण्ड किक मार्दिएं । फेरी केराउ बारीमा खस्यो । अर्को पाटो केराउ सखाप ।
हे झगडा नगर न गगनले भन्यो । ढल्के कहि बोलेन ।
लुसुक्क माथि आयो अनि एक हातले सुरुवाल अनि अर्को हातले केराउ च्याप्यो अनि बोल्दै नबोली निल खोलाको बाटो अघि लाग्यो । उसका सुरुवालका पछाडि पट्टि साना साना प्वाल परेका रैछन् । पुत्थाले कपडाको आखिझ्याल प्रयोग गरिरहेका थिए बाहिरी संसार चिहाउन । गगनले चिलाउनेका साना हांगा भांचेर प्वालमा ख्वास्स हाल्दियो । उ फरक्क फर्किएर मुठ्ठि ताक्दै भन्यो ।
“रांडिका बान तेरो बाउका प्वालमा हाल्या ।”
गर्मिमा निल खोला बर्दान साबित भएको छ ।
हामी हरेक दिन जसो पौडि खेल्न आउछौ याहा ।
मिजार भैसिं जसरी टाउको मात्र पानी बाट बाहिर निकालेर खोलामा आखा चिम्म गरी आहाल बसिराको थियो ।
ए मिजार ढल्के करायो ।
मिजार जुरुक्क उठ्यो अनि किरानामा आयो ।
अस्ति यसरी नै पौडी खेल्ने क्रममा उसको कट्टू धोएर सुकाको ठाउ बाट मिल्के कुकुरले बोकेर दौडायो । पर सम्म लखेट्यौं । तर मिल्केले छाड्दै छाडेन । घर फर्केने क्रममा भेट्टाका कट्टू त धुजा धुजा पारेर फालेछ । पिपलको रुख मुन्तिर बसेर । बिचरा मिजारको सम्पत्तिको नाउमा त्यहि एउटा त थियो , त्यो पनि मिल्केले उछिट्यायो ।
मिजारले खोला नजिककै उर्मेको कर्कलाले आफ्नो लाज ढाकेर आयो ।
ढल्केले फ्यात्त केराउको बोट भूइमा फाल्यो । मिजारलाइ हेरेर खिस्स हांस्यो ।
मिजार हत्तपत्त केराउको बोटबाट केराउ लुस्न तत्पर देखियो ।
गगन र म हेरेको हेर्यै ।
यस्ता भोका नांगाको बिजोग के हेर्नु हिन सर्लाद पौडि खेल्न थालुं । गगनले प्रस्ताव राख्यो ।
म पनि हुन्छ नि त भनेर कपडा खमेलेर निल नदीमा डुबुल्कि मात्र थालें ।
आहा कस्तो आनन्द । गगन आंखा चिम्म गरेर पानीको चिसोमा आफैलाइ भुलाउदै थियो । जति तल उति चिसो । सारा संसार भुलिरहुं जस्तो । चिसोमा हराइरहुं जस्तो । कंचन पानीमा कतै अदृश्य होउं जस्तो । निलो पानीमा बिलाउ जस्तो । माछा जस्तै पानीमा नै घर बनाउं जस्तो । लेउ झैं नियन्त्रण गुमाउ जस्तो ।ढुंगाझैं आफ्नै थाप्लोमा पानी थापिरहुं जस्तो । सुर्य किरण झैं पानीमा भित्र पसि बिलांउ जस्तो । नदि झैं झंकार सुनाउ जस्तो ।
गगन भावनामा बगिुह्यो । म उसका कर्ण प्यारा भावना अमृत पान सरी सुनिरहें ।
किनारमा ढल्के र मिजार अझैं केराउमै अल्झिरहेका थिए ।
खान पाए सी मिजारको केहि होस् रहदैन ।
उसले केराउ लुछिरहदा उसको लाज बचावट बस्त्र सिंगारे बोकाले पछिल्तिर बाट खाइसक्नै लाग्यो । उसलाइ पत्तो छैन ।
ए मिजार तेरो कट्टू बाख्राले खायो । म कराएं ।
उसले हं भनि पछि फर्कि हेर्दा लगभग सिध्यिनै लागेको थियो ।
ए जुरुक्क उठ्यो र बोकालाइ भुंडिमा ताकेर एक लात्ति हान्यो ।
बोका ट्वावा.. गर्दै थुचुक्कै बस्यो । एकछिन पछाडि उठेर बिस्तारै आफ्नो बाटो लाग्यो । सायद मनमनै सराप्दै होला ।
मिजार र ढल्के पनि खोलामा आए । अनि हामी चारजनै पौडिका अनेक चरण गर्न लिप्त भयौं ।
तिमरुका बौले लगाइदिएको थियो र चोर्यौ बजियाहरु ।
हामि झसङ्ग भयौं र किनारापट्टि हेर्यौ ।
पखरेनि भाउजु रैछिन् ।
अघि भोका नांगाले केराउ लुसेर फालेको केराउको बोट हातमा लिदैं उफ्रिरहेकी थिइन ।
हामलाइ अघि असाध्यै चिसो भएको पानीले अब पोल्न थाल्यो ।
गगन पिल पिलाउन थालिसकेको थियो ।
पखाओ तमरु सप्पैलाइ घरमा कुरा नलाइदिकन ।
गगन र म निर्दोश भइकन पनि सजाय पायौं ।
बोकाले सरापेको मिजारलाइ , तर लाग्यो हामिलाइ जस्तै भयो ।
आज नखाएको बिष पनि लाग्यो ।
ढल्के केहि वास्तै नगरि पौडि खेल्न थालिसकेको थियो ।
अनि मिजार चाहिं ढाढस दिदै थियो ।
हेर केटा हो चिन्ता नगर । दुःख कि छोराले पाउंछ कि घोडाले । म मिलाउछु तिमरु सुर्तै नगर न । मैले मन बुझाउने बाहेक केहि बिकल्प देखिन ।
गगन अझैं पिलपिलाइरहेको थियो ।
मलाइ अब पौडि खेल्न मन लागेन गगनलाइ हिन् जांउ भनें । गगन र म किनारामा आयौं । फटाफट लुगा लगायौं । ढल्के चिच्यायो ।
ए कता जान लागेको । पौढि नखेल्ने?
मैले नखेल्ने हामी जान्छौं भने । मिजार तिर हेरेर गगन करायो ।
मिजार साथि अघिको लफडा मिलाउ है ।
मिजारले दाहिने हात मुठी पारेर बुढि औंला मात्र उठाएर हात र मुण्टो तीन पल्ट हल्लायो ।
हुन त बिश्वास गर्न लाएक मान्छे कां हो र, तै पनि एक फेर हेरुं न त ।
हामी गफ गर्दै तल निउरे पिपलबोट सम्म आइपुग्यौं । त्याहाबाट गगन र मेरो घर जाने बाटो छुट्टिन्छ । हामी भोलि त्यहि पुरानै जक्सनमा भेट्ने योजना बनाइ छुट्टियौं । म घर तल खयर बोटमा आइपुग्दा मिजार मास्तिरबाट झर्दै रहेछ ।
अरे । अचम्म अघि भख्खर खोलामा छाडेर आएको मान्छे अहिले मास्तिर बाट पो झर्दैछ त ।
उ म नजिक आइपुग्यो ।
मिजार तं कां गएर आको
एएए उ त्यी माथि सानो काम थियो अनि त्यी गएर आको ।
गगन खै त ।
गगन घर गायो । अनि अघि सम्म खोलामा भएको मान्छे एक्कासी यांहा कसरी ।
तंलाइ सरप्राइज दिन आ को नि । ल म गएं है । गोरु तल चउरमा छ , फेरी चित्रे दाइको बारी पस्यो भने चित्रेले मार्छ । उ गटुटु दगुर्यो।
म सोच्न थालें हैन के आंट्या छ यसले रु मनमा कौतुहलता बढ्दै गयो ।
घर मुनि खोर्सानी बारीमा पुगें
हरे शिव पानी नपाएर सप्पै खोर्सानी ओइलाइ सकेछन् । भरे घाम अस्ताए सि पानी हाल्नु पर्ला ।
माथी घरमा हेरें पर्खालमा कोहि नयां मान्छे बस्या जस्तो लाग्यो । पाहुना हुन् कि ।।
ओहो । सानीमा त आउनु भएन कतै ।
मलाइ पोहोर आउदा अर्कोपाली नयां गोल्डस्टार जुत्ता ल्याइदिन्छु भन्नु भाथ्यो ।
म एकै सासमा घर पुगें ।
मरो सप्पै आशामा तुषारापात भयो ।
सानिमा भनेर आ को का सानिमा हुनु । पख्रेनि भाउजु रैचिन । अनि पिंढिमा पुर्पुरामा हात लाएर बसेका बा ।
के भएछ बा लाइ । अनुहार नि निन्याउरो छ । बिरामि पो भएछन् की ।
मैले बा भनि बोलांए । अनि खिस्स हांस्दिएं ।
बा जरुक्क उठेर आए । दांयाबांया यस्सो हेरे । नारानपातीको पात बाखा्रले खाएर छाडेका डांठ मात्र भएको लौरी भेट्टाए । त्यहि टपक्क टिपे अनि मलाइ बाया पाखुरामा एक सुम्ला बजाय । मेरो मुटु हल्लियो । बा रिसले आगो भा का रैचन् ।
तलाइ चोर भन्दै पाखुरामा ट्याप्प समातेर तानेर पिडिंको थाममा लगेर नाम्लाले बाने ।
धामिले बौसिलाइ जसरी मलाइ केर्न थाले ।
भन् कुकुर तैले पाखे्रनीको केराउ किन चोरिस् ।
ससिनसकि तलाइ घरमै टन्न घिचाकै थिएं त । फेरी के नपुगेर चोरेर खान थालिस ए मुर्दाररर ‘।।
मलाइ डाहा भो ।
अनि मैले पनि साहस बटुलेरै भने । मैले चोरेको हैन बा । ढल्के र मिजारले खाका हुन् ।
बा कड्किए । नकरा पाजी । अघि भर्खर मिजार आ को थ्यो । त्यसले त भन्या तैले चोरेको भनेर । उसले अझ नचोरौं भन्दै थियो रे । तै हो रे अघि सरेर चोर्ने । फटाहा ।
मिजारको सप्राइज बल्ल थाहा भो । पख् तलाइ । अनि
बा ले पख्रेनी भाउजु संग हात जोडेर अब आइन्दा गल्ति हुदैन भन्दै माफि माग्नु भयो । पख्रनी भाउजु कालो अनुहार बनाएर निस्किन् ।
मेरो मन साहै्र गरुङ्गो भयो । बा को यो गति बनाएं मैले । अब म सुर्दिन्छु तर ढल्के र मिजार सित बदला लिए पछि मात्र ।
पूर्वबाट काली रातले छोप्दै आइ । आकाशका नौ लाख तारा छरेर । झ्याउकिरिले आफ्नो लय झिकिरेहेका थिए । कोइरालाका बोटमा गुड बानाएकी चखेबी आफ्ना चिरबिरे बच्चालाइ लपक्कै पखेटालै छोपेर आखा चिम्म गर्दै होलि । अस्ति ब्याकि कालि बाख्रीले आफ्नो गाजलु पाठी चाट्दै होलि । भ्यागुता र सर्प ट्वार्र ट्वार्र सुसलदै छन् । चिसो हावा सुस्त सुस्त छालाबाट मनमा पुग्दै छ । म बहकिदै छु । नाम्लो भित्र आफैलाइ जकिडिएर ।
आमा आइपुग्नु भो । मलाइ बाधेर राखेको ठाउमा सोझै आउनु भो ।
कोल्ले बाध्या तलाइ ।
बा ले ।
किननी रु
मैले पाख्रनीको केराउ चोर्यो भनेर मिजारले झुट्टा कुरा लाइदियो त्यहि भएर ।
हरे शिव ।
म मनै थाप्न सकिन । आसु सुलसुल बग्न थाले ।
बा नि आइपुगे ।
नखोल त्यसलाइ । आज रातभरि यिं झुण्डाउन पर्छ यो चोरलाइ । बा आमा संग जंगिए ।
यल्ले चोर्यो हैन रे त ।
भो भो त धेरै जान्नी न भो । बा कराए ।
होइन यसले म सग कहिल्यै झुट बोल्दैन ।
तेरै लोलोपोतो ले बिगार्या हो यसलाइ । लौ जे सुकै गर ।
भित्र पसे । आमाले पाता फुकाइदिनु भो ।
निलडाम देखेर चुचु गर्नु भयो ।
”रुपमतिको हुन नसकेको पोइ ।”
हेर कस्तरी बाधेछ ।
आमाले पिठ्युमा बोक्नु भयो । अनि भित्र भान्चाम लानु भो । बा तमाखुको सुरसार गर्दै रैचन् ।
हेर केटा ति लण्ठूहरुको संगत छाडेदे । नत्र सधै यस्तै हबिगत होला । बा सम्झाउदै थिए म जरुक्क उठेर कोठामा गइ ओच्छ्यानमा पल्टिएं । अंखराको पानी खांए ।
मनमनै अब ढल्के र मिजारको स¨त नगर्ने कसम पनि खांए । सधैंका यो उखरमाउलो ।
आमाले सर्लाद भात खान आ भनि बोलाउनु भो । मैले खान्न भनेर टार्दिए ।
मिजार संग बदला लिने जुक्ति सोच्दा सोच्दै फुस्सै निदाएछु ।