Thursday, June 23, 2016

Soliloquy



-Leo Rupa Adhikari

Hanging out with friends on chatting and finishing households has been my regular routines these days. However, my wifi connections are active and make illusions on people that I do have nothing to do with except tapping the facebook. Whatever, I myself is aware about my routine and refreshing through youtubes and being encyclopedia of google.Google has been a best friend these days because it is evertime readily waiting to solve my every queries . Every problems are solved by my best friend. The time after I have my dinner is precious for me to hang with friends and making naughty guffs healing loneliness. 

My eyes opened wide sweating the whole body with a large heartbeats making me uncomfortable on my own pretty pillows. It must be an aeroplane’s fly which was giving a scary sound vibrated on my dark room. It must be a nightmare, I guessed. The buzzing of insects can be clearly heard without concentrations. The mosquito is appealing for it’s food giving a monotonous, harsh sound. What’s this? What made me detached from my sweet dreamland??

Most often, the duration between the evening and midnight drowns my imaginations. The romantic vibes, happy memories, curiosity about future life, traumas, press the emotions on my face. Sometimes I laugh too hardly and sometimes lean my head regretting on miseries. My grandmother often asks –“Why’s this lady laughing??huh?? Are you dreaming? “”Nope granny, I am just remembering a joke.” And she flows the voice of sweet smile. She doesn’t notice my cries because I don’t want to let her feel pain on my vested sufferings.

The meantime makes my soul get relaxed and make my thinking dig the deepest issues. This may be the one cause of my criticism on every issues. So why, the dreams occurred on my unconscious mind make me go mad.

Yeah, unconsciously, this day, the infant whom I observed on news channel theft my sticky sleep. I could mesmerize that the mother belonged to the child was bravely hiding her coward emotions somewhere by. The infant enjoying the breastfeeding felt pleasant and got on a sudden nap.

After daytime sleep, I opened my facebook account. A friend of mine had posted about her parents visit towards Australia at Tribhuwan International Airport and I tapped like along with a comment for safe journey. Scrolling my newsfeed, my eyes were catching the online medias competing on providing news about the dead bodies to be landed on the airport. In a rush, I holded the remote and started searching the nepali news channel as a policeman rushing towards a robber.

The crowded people and the rainy day was unpleasant this time. The alone room provided company to roll down my tears. Those red boxes made me remember about the Iraq’s merciful incident which happened some decade before. It was a different type of murder in comparison to Iraq’s incident . Anyway, a human soul couldnot bear the separation of the other nearest one, however sort of death it is. We are emotional beings , although.

The Muna-Madan ,’Sunko bala laaune dhoko’ song started pushing to brust my tear glands in addition. The visualization of cries produced by those beloved wives, mothers,fathers,the relatives could make everyone go down and suffer a lot, how can I be an exception?

I don’t know why, my unconscious is still hooked on the nap on mother’s breast. The innocent 4 years infant only knows the mother and obviously has an intimacy towards her. So far, I had gone through the Freudian and Lacanian psychoanalysis, a child thinks himself as a mirror of his mother during six months. Every child are god gifted innocent. The child after few years must be questioning about his father and how painful the moment will be when the mother have to cry after his each questions. 

The mother couragely giving the interview holding child firmly must have broken into pieces struggling to hide her tears and husband’s missing. Another reason behind her controlling may be because of unseen dead box .I couldn’t further see , what she did after the box landed. But my heart could understand her emotion, really intolerable, being a female lover.

No doubt, a father has a strong determination towards his duties because of providing safety, fulfillness and love for the family. He has the overall responsibility for the family protection. Though , by nature he’s unable to directly involve in child bearing and rearing, as the nature has gave the duties for the female since many centuries. But what a man does is, he feels the sufferings of his wife sitting aside and granting her every deeds and supporting her with sufficient love and care.

Mother, the unexplainable, infinitive bond of love and care bears every moments as a fortunate one for the child growth. Since the foetus, the painful delivery (most satisfaction gained on paining ) ,the nurture of child ,standing as a nurse , guiding moralities being a teacher , hurry as an athlete , entertainer as a joker, watchman, working without salaries…..Who can do this???Really, mother is a powerful entity. Every insects and mammals do have love for their child . No matters, what the conditions and time are. 

She has to be a model/ heroine of father, a caretaker of parents-in-law and family, smiling as a flower containing sweet voice to influence the visiting quests after finishing her unseen household deeds. And takes care of child too inspite of her busyness without feeling of irritation and hesitation. Instead, pleased with child’s first laughter, first foot step, calling her ‘mamma’ ,first day school and the every steps are the lines of satisfaction for her.

Hmmm, I must have gone out of track. But these are the essentials to be felt by everyone . The family life and bond of happiness are the most precious thing for the survival of living. I too have to be a mother some fine day and have to pass through these. It is said that, a girl’s most greatest happiness is counted when she gives birth to her child. I must be probably knowing and time teaches every solutions. I am very hopeful to god which created me as a part of this world. It’s 1:00, need to sleep because it would be tough to maintain the everyday schedule .Goodnight everyone!











Tuesday, June 21, 2016

बर्षा











-लियो राधेश्याम अधिकारी 

मधुर झंकारमा झम झम झम्किने तिमी ,पाताल रसातलसम्म रिझाउछौ
बहकिएर धागो चुड्एिका चंगासरी यी मनलाइ अझै ब्याकुलित बनाउछौ ।
सरसर झरझर बर्षि रहूँ जस्तो लाग्छ तिमी जसरी नै
कल कल झर झर बगुं जस्तो लाग्छ तिमी जसरी नै ।

बिडम्बना । आँखा शिवाय कहिं बाट बग्नै सकिन
हृदय शिवाय कहिं बाट सोच्नै सकिन
आत्मा शिवाय कहिं बाट मान्नै सकिन ।

अब झ्याउकिरीले पनि तिम्रो गितमा सुर मिलाउन थालिसके
कोइलि पनि अवाक भइ तिमा्रे दाश बनिसके ।
सुख्खा बंजर चउर हरिया गलैचा बनिसके
मयुरले छरप्रष्ट प्वांख पारी नाच्ने ठाउ छानिसके ।
आहा कति आनन्द ।

सिरुपाते कोदाली असारे भाकामा नाचिरहदा
दुइ हल गोरु हिलोमा नारी रहदा
अचम्म लाग्छ मलाइ ती कृषकको हसमुख चेहेरा देखेर
हुल्दैछन् तिमीलाइ दुवांलो छेकेर ।

कति बाढि कतै पहिरो त कतै खडेरी
सारा संसार तिमो्र एकै मझेरी ।
रुझ्दै छु आज सुस्त सुस्त
पुकलित मन छ किन किन फुरुङ्ग ।

सरसर झर झर कल कल पानी
पानी नै हो जिन्दगानी । । ।

Saturday, June 11, 2016

उखरमाउलो


-लियो राधे श्याम अधिकारी 

बार्षिक जांच सक्कियो । पास फेल मार्सापको हातमा । दया लागे पास गर्देलान् नत्र फेरी त्यहि किलांस । हाम्रा बा देख्दा पनि दिक्क लाग्छ । छोरो पढ्दैन भनेर जान्दा जान्दै किन मरिहत्ते गरेर स्कुल हाल्देका हुन् बुझे मार्दिनु । कहिलेकहिँ  त एहि पढाइकै कारणले घरबार छाडेर भागौ जस्तो लाग्छ ।
चैत्रका दिन, उखरमाउलो घाम ।
वाक वाकी लाग्ला जस्तो ।
बन जंगल सप्पै नाङ्गै 
। बुढापाकाले भनेका ,यस्तो उराठ देखेर आइमाइ नि कतै अन्तै पोइला जाउँ जस्तो लाग्छ रे ।
बिरक्त्तिएर ।
हैट कस्तो रहेछ त यो मौसम आइमाइको मन बिगार्ने ।
गगनको पेट ख्वाप्प भित्र छिरेको छ ।
आपको रुखको छाहारीमा एक गोडा पसारेर , अनि अर्को गोडा पसारेको गोडाको घुंडामा खप्टेर देबे्र हातले दबै आखामा पाली हालेर सुतिरहेछ ।
सार्है  रोगि छ ।
परार हैजा लाग्यो । पोहोर आउ पर्यो अब यसपालि के हुने  हो ।
गर्मि चढेसी यहि पिर छ उसका बा आमा र मलाइ ।
दुब्लो भएकाले होला उसका एक एक करंग  गन्नै मिल्छ ।
अझ खादा उसको अनुहार हेरो भने मानिसको टाउकामा रहेको कुन कुन हड्डिले कसरी कसरी खाना चपाउदा काम गर्दो रहेछ भनि प्रत्यक्ष् अवलोकन गर्न सकिन्छ ।
त्यसैले रिस उठेका बेला म उसलाइ ए करंग  भनि बोलाउछु ।
अनि उ पनि रिसले आगो हुन्छ । अनि मलाइ प्याच्च भन्दिन्छ ।
बुढो बच्चा ।
बुढो एसकारण की ६ कक्षा पढ्न थाल्या ३ बर्ष भो ,कहिले पास भइएन अनि बच्चा यस कारण कि म साना साना बालकहरु सित बसेर पढ्ने गर्छु । नत्र त उमेरमा त म पनि १६ लागसिकें । जुँगाको रेखि नै प्रष्ट देखिन थालिसके ।
एक चोटि गगनले मलाइ त्यसै गरि ए बुढो बच्चा भनेर जिस्कायो ।
मेरो पालो उसको मुत्र थैली बेस्मारी समाइदिए । ऐया भनेर करायो अनि भुक्लुकै ढल्यो । यसो हेर्छु चिटचिट पसिना निकालेको छ तर मान्छे बोल्दै बोलेन । मेरो होस हवास हरायो । मनमनै ग्लानी पनि भयो । त्यसाको गोप्य अंग  समातिदिएकोमा ।
उ रातो हुदै आयो ।
मलाइ अब यो मर्यो जस्तो लाग्यो । अव के गर्ने त  पुलिस आएर समात्यो भने त छाला काडेर राख्छ रे । बा लाइ पनि कसरि भनौ मैले गगनलाइ मारें भनेर । बाले उल्टै मलाइ मार्छन् ।
मलाई ढाहा भयो ।
कुदे । बारीमा गएं ।
दुईवटा कर्कलाका पात चुडें । हत्तपत्त आएर एकले गगनलाइ हम्किन थालें अनि अर्कोले आफैलाइ । अब यसरी बसेर भएन । याहाबाट भाग्नु नै बेस चप्पल लाएर दौडिन असाध्यै गाह्रो हुन्छ । मैले चप्पल हातमा उने । म भाग्न ठिक्क परेर के उठेको थिएं । कतैबाट मसिनो आवाज आयो ।
बुडोबच्चा मलाइ एक्लै छाढेर कां जान लाको ?
यसो फर्केर गगनलाइ हेरे उ मसिना आंखा उघारेर खिस्स हास्यो । मलाइ जिन्दगिमा ए बुडोबच्चा भनेर पहिलोपल्ट कसैको मुखबाट  सुन्दा यति आनन्द त्यै बेला मात्र आयो ।
मेरो प्रस्तावित बन बास पनि त्यहि बाट टुंगियो  । त्यस दिन देखि कसम खाए कि अब गगनलाइ कुट्दिन भनेर ।
कस्तो घाम चर्केको होला । माटै बल्ला जस्तो भैसक्यो । झन् चिसो हावा खान आपको रुखको छाहारीमा आएर बसेको , चिसो हावा त परै जाहोस्, झिंगाको बेस्वादे गितले वाक्कै बनायो । गगन पनि उकुसमुकुस गर्दै पल्टिरहेको छ । झिंगा बढि उसका नाक वरिपरि घुमेर दुःख दे को जस्तो छ । सिंगाने फोहोरी । कहिल्यै  सुग्घरी नहुने भो ।
पारीपट्टि बाट इजार नभएको सुरुवाल च्याप्दै ढल्के आइरहे जस्तो छ । घामले तिरमिर भएर मैले ठम्याउन सकिन । गगन लाइ चिन्न अह्राएं । उ आखाको ढकनि हटाएर लामो सास तानेर एक आखाले हेरेकै भरमा फैसला सुनाइदियो , हो , ढल्के नै हो । अनि फेरी पूर्ववत ढकनी राखेर सुत्यो ।
ए हो रैच ।
कां जान ला ढल्के ?
पौडि खेल्न हिन् रे , मिजारले भन्या ।
साला मिजारको हुलाकी । जहिले पनि उसैको मात्र किन हुलाकी बन्छस् ? हाम्ले भन्या कहिले मान्च र यो । मान्छे सानो भए नि हिम्मतीलो जवाफ दियो गगनले ।
त्यस्तो हैन साथी हो । मिजार मान्छे ट्यलेण्ट छ के । उ सित हिनेसी खानलाइ दुःख हुन्न । चोरेर नि ख्वांउच । तिमरु जस्तो भुक्कड हो र त्यो ।।। जाने भे हिनो नत्र म बाटो लागें ।
मैले गगनलाइ आखा सन्काएं ।
उसले पनि जांउ न त भनेर आखै सन्कायो । अनि जुरुक्क उठेर तुरुक्क सु गर्यो ।
सिधा हैन गाउ पछाडिको बाटो जाउ भन्यो ढल्के ले ।
यस्तो गर्मिमा किन गाउ पछाडिबाट जान परो ।
गगन ले बेमती राख्यो ।
हिन न हिन पछि थाहा पाइहाल्छस नि । ढल्केले जित गरो ।
हाम्रो  केहि सीप लागेन ढल्केका सामु ।
गाउँ मा चैते धान रोप्ने चटारो छ । आमा पनि धान रोप्ने खेताला जानु भएको छ ।
आमाको मेलोमा गएर ठीक ३ बजे खाजा खाने समय छोपेर खेतमा खाजा खाने मौका जुराउनु छ मलाई ।
चाम्रे र लुको तरकारी । असाध्यै मिठो हुन्छ ।
आज त माथी रुपमति काकीको मेलो हो । उनले त मिठाइ नि ख्वाउंछिन् रे ।
बैश छदा रुपमतिका रुपका पछि लाग्ने कत्ति कत्ति रे ।
सब आवारा लण्ठूका बासै उसका करेशामा ।
लण्ठूहरुले हैरान परे भनेर उनका रिटायर्ड हल्दार जुंगेबा ले घरमा अजङ्गको भोटे कुकुर पालेका थिए रे ।
मान्छे आएसी सान्ग्लै छिनाउला जसरी कराउने ।
ति  मध्ये हाम्रा बा नि पर्थे रे रुपमतिको वान साइडेड प्यारका आशिक ।
कुकुर ल्याए सी अरुले धाउन छाडेचन् तर हाम्रा बा चै १ पाउ मासु कुकुरलाइ बोकेर जादा रैचन् । कुकुरलाइ मासु फूत्त फाल्दिएर रुपमती संग नारिन पुगिहाल्ने ।
कुकुर पनि के काम । मासु खाउन्जेल सम्म चुप्प लाग्दो रैच त्यसपछि बा लाइ नै खाउला जसरी झम्टने ।
एक दिन यो सब कुरा हजुर बा ले थाहा पाएछन् । अनि त के चाहियो र हाम्री आमालाइ खोजरे बा को जिम्मा लगाइदिए । बिहे पछि पनि बा कहिलेकाहि रुपमतिको घर तिर हेरेर टोलाउथें रे ।
त्यहि भएर अहिले पनि बा केहि नरामा्रे बोल्दा घर उचाल्ने गरि
“जांदा होस् त रुपमतिको कपाल केलाउन किन मेरा अगाडि आएर नाकको फोहोरा उचालिनि गरि घुम्छस्”
भनेर आमाले गालि गर्छिन् । बा वाक्क न ब्याक्क पर्छन् । अनि लामो खुइएएए सुस्केरा हाल्छन् ।
तर रुपमतीको रुप ओइलाइसक्यो आजकाल । बैशमा पोइ नै पोइ मर्ने बेला कोइ न कोइ भकि छिन् आजकाल ।
ढल्के टक्क अडियो । चारैतिर हेर्यो । अनि झुवाम्म हाम फाल्यो पखरेनि भाउजुको केराउ बारीमा ।
बल्ल बुझें । ढल्केले किन गाउ पछिल्तिर बाट जाउ भन्यो भनेर ।
उसले मलाइ पनि बारीमा आउन साउती गर्यो तर म चौधरीले पिपलको रुखमा बाधेर बाउको कुटाइ खुवाए देखि सितिमिति आर्काको बारीमा जान्न । बिशेष गरि अझ दिउसो ।
उसले अँगालो भरि सोरेर एक पाटोको केराउ ल्यायो ।
तर इजार नभएको सुुरुवाल लुसुसु झरिहाल्थ्यो । सुरुवाल समाउ केराउको बोट झथ्र्यो ।
उसले गगनलाइ आखैले बोलायो । गगन तुरुन्तै बारीमा पुगेर ढल्केको सुरुवाललाइ ट्याप्प समाएर डोरीले जसरी हाते कस्यो । अनि दुवै माथि उक्लिए ।
ढल्केले सहयोग नगरेको भनेर रिसाउदै मलाइ ए बुढो बच्चा भनेर आखा तर्यो ।
मलाइ भाउन्न भो । के राउण्ड किक मार्दिएं । फेरी केराउ बारीमा खस्यो । अर्को पाटो केराउ सखाप ।
हे झगडा नगर न गगनले भन्यो । ढल्के कहि बोलेन ।
लुसुक्क माथि आयो अनि एक हातले सुरुवाल अनि अर्को हातले केराउ च्याप्यो अनि बोल्दै नबोली निल खोलाको बाटो अघि लाग्यो । उसका सुरुवालका पछाडि पट्टि साना साना प्वाल परेका रैछन् । पुत्थाले कपडाको आखिझ्याल प्रयोग गरिरहेका थिए बाहिरी संसार चिहाउन । गगनले चिलाउनेका साना हांगा भांचेर प्वालमा ख्वास्स हाल्दियो । उ फरक्क फर्किएर मुठ्ठि  ताक्दै भन्यो ।
“रांडिका बान तेरो बाउका प्वालमा हाल्या ।”
गर्मिमा निल खोला बर्दान साबित भएको छ ।
हामी हरेक दिन जसो पौडि खेल्न आउछौ याहा ।
मिजार भैसिं जसरी टाउको मात्र पानी बाट बाहिर निकालेर खोलामा आखा चिम्म गरी आहाल बसिराको थियो ।
ए मिजार ढल्के करायो ।
मिजार जुरुक्क उठ्यो अनि किरानामा आयो ।
अस्ति यसरी नै पौडी खेल्ने क्रममा उसको कट्टू धोएर सुकाको ठाउ बाट मिल्के कुकुरले बोकेर दौडायो । पर सम्म लखेट्यौं । तर मिल्केले छाड्दै छाडेन । घर फर्केने क्रममा भेट्टाका कट्टू त धुजा धुजा पारेर फालेछ । पिपलको रुख मुन्तिर बसेर । बिचरा मिजारको सम्पत्तिको नाउमा त्यहि एउटा त थियो , त्यो पनि मिल्केले उछिट्यायो ।

मिजारले खोला नजिककै उर्मेको कर्कलाले आफ्नो लाज ढाकेर आयो ।
ढल्केले फ्यात्त केराउको बोट भूइमा फाल्यो । मिजारलाइ हेरेर खिस्स हांस्यो ।
मिजार हत्तपत्त केराउको बोटबाट केराउ लुस्न तत्पर देखियो ।
गगन र म हेरेको हेर्यै ।
यस्ता भोका नांगाको बिजोग के हेर्नु हिन सर्लाद पौडि खेल्न थालुं । गगनले प्रस्ताव राख्यो ।

म पनि हुन्छ नि त भनेर कपडा खमेलेर निल नदीमा डुबुल्कि मात्र थालें ।
आहा कस्तो आनन्द । गगन आंखा चिम्म गरेर पानीको चिसोमा आफैलाइ भुलाउदै थियो । जति तल उति चिसो । सारा संसार भुलिरहुं जस्तो । चिसोमा हराइरहुं जस्तो । कंचन पानीमा कतै अदृश्य होउं जस्तो । निलो पानीमा बिलाउ जस्तो । माछा जस्तै पानीमा नै घर बनाउं जस्तो । लेउ झैं नियन्त्रण गुमाउ जस्तो ।ढुंगाझैं आफ्नै थाप्लोमा पानी थापिरहुं जस्तो । सुर्य किरण झैं पानीमा भित्र पसि बिलांउ जस्तो । नदि झैं झंकार सुनाउ जस्तो ।

गगन भावनामा बगिुह्यो । म उसका कर्ण प्यारा भावना अमृत पान सरी सुनिरहें ।
किनारमा ढल्के र मिजार अझैं केराउमै अल्झिरहेका थिए ।
खान पाए सी मिजारको केहि होस् रहदैन ।
उसले केराउ लुछिरहदा उसको लाज बचावट बस्त्र सिंगारे बोकाले पछिल्तिर बाट खाइसक्नै लाग्यो । उसलाइ पत्तो छैन ।
ए मिजार तेरो कट्टू बाख्राले खायो । म कराएं ।
उसले हं भनि पछि फर्कि हेर्दा लगभग सिध्यिनै लागेको थियो ।
ए जुरुक्क उठ्यो र बोकालाइ भुंडिमा ताकेर एक लात्ति हान्यो ।
बोका ट्वावा.. गर्दै थुचुक्कै बस्यो । एकछिन पछाडि उठेर बिस्तारै आफ्नो बाटो लाग्यो । सायद मनमनै सराप्दै होला ।
मिजार र ढल्के पनि खोलामा आए । अनि हामी चारजनै पौडिका अनेक चरण गर्न लिप्त भयौं ।
तिमरुका बौले लगाइदिएको थियो र चोर्यौ बजियाहरु ।
हामि झसङ्ग भयौं र किनारापट्टि हेर्यौ ।
पखरेनि भाउजु रैछिन् ।
अघि भोका नांगाले केराउ लुसेर फालेको केराउको बोट हातमा लिदैं उफ्रिरहेकी थिइन ।
हामलाइ अघि असाध्यै चिसो भएको पानीले अब पोल्न थाल्यो ।
गगन पिल पिलाउन थालिसकेको थियो ।
पखाओ तमरु सप्पैलाइ घरमा कुरा नलाइदिकन ।
गगन र म निर्दोश भइकन पनि सजाय पायौं ।
बोकाले सरापेको मिजारलाइ , तर लाग्यो हामिलाइ जस्तै भयो ।
आज नखाएको बिष पनि लाग्यो ।
ढल्के केहि वास्तै नगरि पौडि खेल्न थालिसकेको थियो ।
अनि मिजार चाहिं ढाढस दिदै थियो ।
हेर केटा हो चिन्ता नगर । दुःख कि छोराले पाउंछ कि घोडाले । म मिलाउछु तिमरु सुर्तै नगर न । मैले मन बुझाउने बाहेक केहि बिकल्प देखिन ।
गगन अझैं पिलपिलाइरहेको थियो ।
मलाइ अब पौडि खेल्न मन लागेन गगनलाइ हिन् जांउ भनें । गगन र म किनारामा आयौं । फटाफट लुगा लगायौं । ढल्के चिच्यायो ।
ए कता जान लागेको । पौढि नखेल्ने?
मैले नखेल्ने हामी जान्छौं भने । मिजार तिर हेरेर गगन करायो ।
मिजार साथि अघिको लफडा मिलाउ है ।
मिजारले दाहिने हात मुठी पारेर बुढि औंला मात्र उठाएर हात र मुण्टो तीन पल्ट हल्लायो ।
हुन त बिश्वास गर्न लाएक मान्छे कां हो र, तै पनि एक फेर हेरुं न त ।

हामी गफ गर्दै तल निउरे पिपलबोट सम्म आइपुग्यौं । त्याहाबाट गगन र मेरो घर जाने बाटो छुट्टिन्छ । हामी भोलि त्यहि पुरानै जक्सनमा भेट्ने योजना बनाइ छुट्टियौं । म घर तल खयर बोटमा आइपुग्दा मिजार मास्तिरबाट झर्दै रहेछ ।
अरे । अचम्म अघि भख्खर खोलामा छाडेर आएको मान्छे अहिले मास्तिर बाट पो झर्दैछ त ।
उ म नजिक आइपुग्यो ।
मिजार तं कां गएर आको
एएए उ त्यी माथि सानो काम थियो अनि त्यी गएर आको ।
गगन खै त ।
गगन घर गायो । अनि अघि सम्म खोलामा भएको मान्छे एक्कासी यांहा कसरी ।
तंलाइ सरप्राइज दिन आ को नि । ल म गएं है । गोरु तल चउरमा छ , फेरी चित्रे दाइको बारी पस्यो भने चित्रेले मार्छ । उ गटुटु दगुर्यो।
म सोच्न थालें हैन के आंट्या छ यसले रु  मनमा कौतुहलता बढ्दै गयो ।
घर मुनि खोर्सानी बारीमा पुगें
हरे शिव पानी नपाएर सप्पै खोर्सानी ओइलाइ सकेछन् । भरे घाम अस्ताए सि पानी हाल्नु पर्ला ।
माथी घरमा हेरें पर्खालमा कोहि नयां मान्छे बस्या जस्तो लाग्यो । पाहुना हुन् कि ।।
ओहो । सानीमा त आउनु भएन कतै ।
मलाइ पोहोर आउदा अर्कोपाली नयां गोल्डस्टार जुत्ता ल्याइदिन्छु भन्नु भाथ्यो ।
म एकै सासमा घर पुगें ।
मरो सप्पै आशामा तुषारापात भयो ।
सानिमा भनेर आ को का सानिमा हुनु । पख्रेनि भाउजु रैचिन । अनि पिंढिमा पुर्पुरामा हात लाएर बसेका बा ।
के भएछ बा लाइ । अनुहार नि निन्याउरो छ । बिरामि पो भएछन् की ।
मैले बा भनि बोलांए । अनि खिस्स हांस्दिएं ।
बा जरुक्क उठेर आए । दांयाबांया यस्सो हेरे । नारानपातीको पात बाखा्रले खाएर छाडेका डांठ मात्र भएको लौरी भेट्टाए । त्यहि टपक्क टिपे अनि मलाइ बाया पाखुरामा एक सुम्ला बजाय । मेरो मुटु हल्लियो । बा रिसले आगो भा का रैचन् ।
तलाइ चोर भन्दै पाखुरामा ट्याप्प समातेर तानेर पिडिंको थाममा लगेर नाम्लाले बाने ।
धामिले बौसिलाइ जसरी मलाइ केर्न थाले ।
भन् कुकुर तैले पाखे्रनीको केराउ किन चोरिस् ।
ससिनसकि तलाइ घरमै टन्न घिचाकै थिएं त । फेरी के नपुगेर चोरेर खान थालिस ए मुर्दाररर ‘।।
मलाइ डाहा भो ।
अनि मैले पनि साहस बटुलेरै भने । मैले चोरेको हैन बा । ढल्के र मिजारले खाका हुन् ।
बा कड्किए । नकरा पाजी । अघि भर्खर मिजार आ को थ्यो । त्यसले त भन्या तैले चोरेको भनेर । उसले अझ नचोरौं भन्दै थियो रे । तै हो रे अघि सरेर चोर्ने । फटाहा ।
मिजारको सप्राइज बल्ल थाहा भो । पख् तलाइ । अनि
बा ले पख्रेनी भाउजु संग हात जोडेर अब आइन्दा गल्ति हुदैन भन्दै माफि माग्नु भयो । पख्रनी भाउजु कालो अनुहार बनाएर निस्किन् ।
मेरो मन साहै्र गरुङ्गो भयो । बा को यो गति बनाएं मैले । अब म सुर्दिन्छु तर ढल्के र मिजार सित बदला लिए पछि मात्र ।
पूर्वबाट काली रातले छोप्दै आइ । आकाशका नौ लाख तारा छरेर । झ्याउकिरिले आफ्नो लय झिकिरेहेका थिए । कोइरालाका बोटमा गुड बानाएकी चखेबी आफ्ना चिरबिरे बच्चालाइ लपक्कै पखेटालै छोपेर आखा चिम्म गर्दै होलि । अस्ति ब्याकि कालि बाख्रीले आफ्नो गाजलु पाठी चाट्दै होलि । भ्यागुता र सर्प ट्वार्र ट्वार्र सुसलदै छन् । चिसो हावा सुस्त सुस्त छालाबाट मनमा पुग्दै छ । म बहकिदै छु । नाम्लो भित्र आफैलाइ जकिडिएर ।
आमा आइपुग्नु भो । मलाइ बाधेर राखेको ठाउमा सोझै आउनु भो ।
कोल्ले बाध्या तलाइ ।
बा ले ।
किननी रु
मैले पाख्रनीको केराउ चोर्यो भनेर मिजारले झुट्टा कुरा लाइदियो त्यहि भएर ।
हरे शिव ।
म मनै थाप्न सकिन । आसु सुलसुल बग्न थाले ।
बा नि आइपुगे ।
नखोल त्यसलाइ । आज रातभरि यिं झुण्डाउन पर्छ यो चोरलाइ । बा आमा संग जंगिए ।
यल्ले चोर्यो हैन रे त ।
भो भो त धेरै जान्नी न भो । बा कराए ।
होइन यसले म सग कहिल्यै झुट बोल्दैन ।
तेरै लोलोपोतो ले बिगार्या हो यसलाइ । लौ जे सुकै गर ।
भित्र पसे । आमाले पाता फुकाइदिनु भो ।
निलडाम देखेर चुचु गर्नु भयो ।
”रुपमतिको हुन नसकेको पोइ ।”
हेर कस्तरी बाधेछ ।
आमाले पिठ्युमा बोक्नु भयो । अनि भित्र भान्चाम लानु भो । बा तमाखुको सुरसार गर्दै रैचन् ।
हेर केटा ति लण्ठूहरुको संगत छाडेदे । नत्र सधै यस्तै हबिगत होला । बा सम्झाउदै थिए म जरुक्क उठेर कोठामा गइ ओच्छ्यानमा पल्टिएं । अंखराको पानी खांए ।
मनमनै अब ढल्के र मिजारको स¨त नगर्ने कसम पनि खांए । सधैंका यो उखरमाउलो ।
आमाले सर्लाद भात खान आ भनि बोलाउनु भो । मैले खान्न भनेर टार्दिए ।
मिजार संग बदला लिने जुक्ति सोच्दा सोच्दै फुस्सै निदाएछु ।

Friday, May 6, 2016

रुवाई

लियो राकेश खत्री


गत ५ जनवरीमा हातहतियार कानूनसम्बन्धि एक सम्बोधनमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो आँखाबाट केही थोपा आँसु खसाले । सन् २०१२ को Sandy Hook Elementary Schoolमा भएको गोलीकाण्डमा १ कक्षामा पढ्ने विद्यार्थीहरु मारिएका थिए । त्यही क्षण सम्झँदा ओबामाले आफूलाई सम्हाल्न सकेनन् ।
‘न्यूटाउनमा १ कक्षाका विद्यार्थीहरु । एक कक्षाका ! हरेक पटक ती बच्चाहरुको बारेमा सोच्दा म पागल हुन्छु !’ कनेक्टिकटमा भएको गोलीकाण्डलाई इंगित गर्दै ओबामाले आफ्नो कुण्ठा पोखेका थिए ।
ओबामाका आँखाबाट खसेका आँसुका थोपाहरुले मिडियाको राम्ररी नै ध्यानाकर्षण गर्न सफल भयो । कोही मानिस रुनु अनौठा र नयाँ कुरा होइन । तर कोही पुरुष र त्यो पनि अमेरिका जस्तो शक्तिशाली राष्ट्रको राष्ट्रपति जस्तो मानिस सार्वजनिक स्थानमा त्यसरी रुनु यहाँ पूर्वीय संस्कृतिमा मात्र होइन, विकसित पश्चिमा संस्कृतिमै पनि अनौठो मानिन्छ । तर पुरुषको आँखाबाट खस्ने आँसुलाई विज्ञानले कसरी हेर्छ ? के फरक छ महिला र पुरुषको आँसुमा ?
पुरुषहरु पनि रुन त अवश्य रुन्छन्, तर के कुरा सत्य हो भने जैविक रुपमा नै पुरुषहरु महिलाहरु भन्दा कम रुन्छन् । तर पुरुषहरु महिलाहरुको दाँजोमा कम रुने भए पनि विभिन्न अनुसन्धाहरुका अनुसार पुरुष र महिलाहरु दुबैमा रुवाइका लागि जिम्मेवार भावनात्मक उद्वेगहरु भने एकै प्रकारका हुन्छन् ।
सामान्यतया हामी के विश्वास गर्छौँ भने महिलाहरु कुनै दुःखदायी समाचार, चलचित्रका दुखान्त दृष्यदेखि अन्य स–साना कुराहरुमा पनि रुन्छन् । तर पुरुषहरु भने जस्तोसुकै मुटु कुढिने समाचार पनि सजिलै पचाउन सक्छन्, पुरुषहरु खासै रुँदैनन् ।
हाम्रो यो विश्वासलाई वैज्ञानिक अध्ययनहरुले पनि केही मात्रामा पुष्टि गरेका छन् । सन् २००४ मा नेदरल्याण्डको Tilburg University का मनोविशेषज्ञहरु Ivan Nyklicek, Lydia Temoshok र Ad Vingerhoets को एक अनुसन्धानका अनुसार महिलाहरु वर्षमा औसतमा १२ पटकभन्दा बढी रुन्छन् । यो भनेको पुरुषहरुको तुलनामा ५ गुना बढी भएको कुरा उनीहरुले "Emotional Expression and Health" नामक अनुसन्धानात्मक पुस्तकमा उल्लेख गरेका छन् । साथै, पुरुषहरुको रुवाइ औसतमा २ देखि ३ मिनेट लामो हुन्छ भने महिलाको ६ मिनेट । ख्ष्लनभचजयभतक का अनुसार १ घण्टाभन्दा बढी समय रुने पनि सामान्यतया महिलाहरु नै हुन्छन् ।
संसारका सबै संस्कृतिहरुमा महिलाहरु बढी रुने गरेको पाइन्छ । तर,Cross-Cultural Research नामक जर्नलमा सन् २०११ मा प्रकाशित एक अध्ययनका अनुसार केही गरिब देशहरुमा भने मानिसहरु सामान्यतया कम रुन्छन् । र ती देशहरुमा पुरुष र महिलाको रुवाइबीच खासै अन्तर पाइँदैन । यस्तो किन हुन्छ भने, अनुसन्धाताहरुका अनुसार ग्रमीण संस्कृतिमा उद्वेगको अभिव्यक्तिलाई केही हदसम्म दबाएर राखिन्छ भने शहरी संस्कृतिमा उद्वेगलाई अभिव्यक्त गर्न प्रोत्साहित गरिन्छ ।
तर महिला र पुरुषको रुवाइबीचका भिन्नता संस्कृतमा मात्र भर पर्दैन । वैज्ञानिकहरुका अनुसार यसको जैविक कारण पनि छ । महिलाको शरीरमा स्तनपानको समयमा उत्पादन हुने Prolactin नामक होर्मोन पुरुषहरुको तुलनामा बढी हुन्छ । एक सिद्धान्तका अनुसार यही Prolactin होर्मोनको कारण महिलाहरुमा आँसु बढी उत्पादन हुन्छ भने पुरुषहरुमा बढी पाइने टेस्टोस्टेरोन होर्मोनले भने आँसुको उत्पादन कम गर्ने काम गर्छ । सन् १९९८ मा कोर्निया नामक जर्नलमा प्रकाशित महिलाहरु मात्रमा गरिएको अनुसन्धानले पनि यो सिद्धान्तलाई थप बल दिन्छ । उक्त अनुसन्धानका अनुसार Prolactin होर्मोन कम र टेस्टोस्टेरोन हर्मोन बढी भएका महिनावारी भइनसकेका महिलाहरुमा आँसुको मात्रा बढी पाइएको थियो । महिनावारी भइसकेपछि उचयबिअतष्ल को उत्पादन बढ्ने हुनाले महिनावारी भइसकेका महिलाहरुमा आँसु उत्पादन पनि बढी पाइएको थियो । र यसै कारण, किशोरावस्थाभन्दा पहिले केटा र केटी दुबैमा टेस्टोस्टेरोन र Prolactin को मात्रा खासै फरक नहुने हुनाले दुबै लगभग उति नै रुन्छन्, British Journal of Developmental Psychology मा सन् २००२ मा प्रकाशित एक अध्ययनमा भनिएको छ ।
होर्मोनको मात्र नभएर आँसु बग्ने नलीको संरचनामा पनि पुरुष र महिलाबीच फरक हुन्छ । सन् १९६० मा American Journal of Physical Antrhopology मा प्रकाशित एक अध्ययनका अनुसार महिलाहरुमा आँसु बग्ने नली पुरुषहरुमा भन्दा छोटो हुन्छ । त्यस्तै, महिलामा आँसु बग्ने नली सतहमै हुने हुँदा सजिलै ब्लक हुनसक्ने हुन्छ । यसको कारण आँसु बग्ने ठाउँ नहुँदा आँखामै जम्मा हुने र त्यहाँबाट बग्ने हुन्छ ।
केही अनुसन्धाताहरुले भने पुरुष र महिलाको रुवाइमा भएको भिन्नतामा सांस्कृतिकले पनि केही भूमिका खेल्ने बताउँछन् । हाम्रा पौराणिक कथाहरुमै पनि उद्वेग व्यक्त नगर्ने व्यक्तिलाई बलियो र पुरुषार्थ भएको व्यक्तिको रुपमा चित्रण गरिएको हुन्छ । साथै, पुरुषहरु घरबाहिर काम गर्न जाने संस्कृति सुरु भइसकेपछि पुरुष र महिलाको रुवाइमा भिन्नता सुरु भएको हुनसक्छ । अमेरिकी लेखक Tom Lutz ले आफ्नो पुस्तक "Crying: A Natural and Cultural History of Tears" मा यो कुरालाई काममा हुने उद्वेग अभिव्यक्तिलाई सीमित पार्न लगाइने तथ्यसित जोडेका छन् । उनका अनुसार कम्पनीका मालिकहरुले उत्पादकत्व नघटोस् भन्ने हेतुले आफ्ना कर्मचारीहरुलाई रुने वा अन्य कुनै उद्वेग सकेसम्म व्यक्त नगर्न दबाब दिन्थे । र, औद्योगिकरणको सुरुवाततिर महिलाहरु भन्दा बढी पुरुषहरु घरबाहिर काममा जाने हुनाले पुरुषहरुले उद्वेग अभिव्यक्तिलाई दबाएर राख्ने संस्कृति बनेको हुनसक्छ ।
रुवाइको मात्रा फरक भए पनि रुवाइपछाडिको कारण भने पुरुष र महिलाहरु दुबैको लागि सामान्यतया एउटै हुन्छन् ।
यद्यपि, महिला र पुरुषमा को बढी रुन्छ भन्ने प्रश्नको उत्तर जे भए पनि रुवाइले मानिसहरुलाई भावनात्मक रुपमा नजिक भने अवश्य ल्याउँछ । ओबामाले खसालेका आँसुका थोपाहरुले अमेरिकी र
विश्वभरिका मानिसहरुलाई केही मात्रामा ओबामाप्रति भावनात्मक रुपमा नजिक पु¥याएको अनुसन्धाताहरु बताउँछन् । उनीहरुका अनुसार रुनु भनेको आफ्नो कमजोरी प्रकट गर्नु हो, आफू असुरक्षित छु भन्ने कुराको संकेत हो । आँसुले मानिसको दष्टिमा बाधा पु¥याउँछ । त्यसैले आँसु भनेको आफू आक्रामक नभएको कुराको संकेत मात्र नभएर ‘तिमीहरुले मलाई आक्रमण गर्दैनौ भन्ने मलाई विश्वास छ ।’ भन्ने कुरा पनि दर्शाउनु हो । त्यसैले livescience.com का अनुसार आफू कसैको लागि खतरा नभएको संकेत सम्प्रेषणमा आँसुको ठूलो भूमिका हुन्छ । यसबाट दुबै पार्टीबीच राम्रो सम्बन्ध गाँसिने कुरा मनोविज्ञहरु बताउँछन् ।

Thursday, May 5, 2016

रातो लाइटर

लियो राधे श्याम अधिकारी

सधैको हतारोमा ब्यूझिइने यि समकालिन आ“खा ।। छि आफू देख्दा आफैलाइ वाक्कै लाग्छ कहिलेकाहि त । केहि कुरामा नलागेको मन पनि मुड जस्तै ठुस्स छ । काठमाडौंमा बसेको भनेर मात्र के गर्नु , न ग्यांस छ , न बत्ति छ , न पानी छ , न स्वच्छ हावापानी छ , अपबादमा फोहोर मैला , धुवां , धुलो । कहिल्यै नसकिने, होइन किन आउछन् मान्छे काठमाण्डु । बिना सित्तीमा ।
होइन के को आवाज यो ।।
अचम्म।।
धारामा पानी आको रैच । रित्ता भांडा त वरिपरि नै छन् । आफू परियो चूजि मान्छे , भांडै चुज गर्न गर्दागर्दै आ“खै बोलाएरै घडि चिच्यायो ।
८ः१५ बज्यो 
पानी थाप्न जाउ“ , खाना पकाउन भ्याइदैन , खाना पकाउन थालु“ पानी थाप्न भ्याउदिन ।
गा“उमा आमाले बे गर् बे गर् भनेर किचकिच किचकिच गरको बल्ल स्वाद पाइस् भन्या जस्तो भाछ । अस्ति तल्ला टोलको ट्वाकेलाइ २ माना लोकल रक्सि र कुखुराको तारेको टाउको र खुट्टा ख्वाउने शर्तका दिनभरि लाइन राखेर लेराको २ लिटर मट्टितेलमा १ लिटर मात्र हाल्या छु स्टभमा । जोगाका हैन, इन्धन मगन्ते धेरै भेटिन्छन् आजकल । त्यै भेर आधि मट्टितेल खाटमुनि कालो झोलामा बेरेर रातो बाक्सामा राख्या छु । मा कसम गन्ध त के बासना पनि कसैले थाहा पाउदैनन् ।
पानी थाप्नु भन्दा अगाडि कुकरमा भात बसेलेर जाउ“ के रे । पानी ले र आउदा ट्याक्क भान्चामा रेल कराइसक्च । हो ठीक ठीक । कुकरमा आधा माना चामल हालियो । पानी अड्कलियो । हेत्तेरी । ओहो । थुइक्क म । अब त सक्दिन । आफैसित सक्दिन ।घरबेटिलाइ बोलाएर गालामा एक झापढ हान्न लगा“उ जस्तो लाग्यो । शाला । झन् अस्ति देखि कुकरको रबर बिग्रिराथ्यो लेराउला लेराउला भनेको भुसुक्कै बिर्सेछु । हिजो बिहान पनि अर्धका“चो खाएर हिन्या । दिनभरि पेट खराब गरेर कत्रो जात्रा । गुलुलुललल गुलुलुललल गरेर साथिका अगाडि, हैट ।अझ पेट कराउला भनेर मान्छेको अगाडी सासै रोकेर बसें । झन् साउना खेतमा पानी हुल्या जसरी गुलुलुललल गुलुलुललल ।।
यसो ढोका बाहिर हेर्छु , नभन्दै घरबेटि नै आउदै रैच । हत्तपत्त ढोका लगाए“ । ३ महिना भो कोठा भाडा नतिरेको, भेट्यो भने मार्छ । कता गालामा थप्पड माग्न जानु । मुटु ढकढक छ कतै आएर भाडा माग्ला भन्ने । धन्न भगवान पशुपतिनाथ दाहिना भए । घरभेटि गएछ ।
अब भाडा तिर्छु भनेर ल्याको त होनि अब बाटोमा आउदै गर्दा लङ्गुरबुर्जा खेल्दै रैचन् । घरबेटिको भाडा सब एक बर्षकै तिर्दिन्छु भन्दाभन्दै सप्पै स्वाहा । जुवा हार्ने मान्छेलाइ जुवा ठीक रैनच ।
अब भात कसरि पकाउने त, कराइमै काम चलाउन पर्ला ।। हो । । भरे चै नबिर्सि रबर लेराउछु । स्टभ स्वार्रर्रररर घिसांरे ।
सानै देखि घडि सँग दुश्मनी, पौने नौ बजाइसकेछ । घडिको रिस स्टभको दममा पोख्न थालेँ ।
पल्लाघरे साइली भाउजु कराइन । ए सर्लाद भाइ पानी सुक्नै लाग्यो , पानी नथाप्ने ? फेरी तिन दिन आउन्न नी ।
म पनि घाँटिको नशा चुडिएला गरि कराइँ ।
आँइ भाउजु । ति भाउजुको खास नाम त लोकमाया हो तर नाम लिएर बोलाउन चै लाज लाग्छ मलाइ । तिनको सौताकी कान्छि छोरी सँग कहिलेकाहिँ परको गल्लिमा आँखा जुध्छ मेरो । तल्ला जातका मान्छे भनेर के गर्नु कस्ती चिटिक्क परेकी राम्री छे । झन् त्यो निलो कुर्ता र रातो रिबनमा  क्याम्पस गएर आंउदै गर्दा जब म उसको दायाँ गालाको बिचमा खाल्टा पारेर हांसेको देख्छु भुतुक्कै हुन मन लाग्छ ।
रुप र बैंश भन्ने चिज बढा अचम्मको ।
तल घुम्तीको पसल साउनीले भनेकीन , उसलाइ देख्दा मेरो मुहारमा नै छुट्टै रौनक र चमक आउछ रे ।
जिस्काउदै थिएन् अस्ति । उनैबाट उसको नाम थाहा पाएको । मिरा । आहा कति रामा्रे नाम । मान्छे जस्तै ।
स्टभ दम दिन थाले । मट्टितेलले स्टभको बर्नरलाइ तलदेखि टुप्पो सम्मै अभिशेक गरायो । हावा खाल्देँ । सर्टको बगलि छामें । आच्चे काँ प¥यो लाइटर । पाइजामामा छामे अहँ छैन । हिजो भख्खर २० रुप्याँ दाम प¥या लाइटर काँ प¥यो त  सिरानीमुनि पो राखेंकी , काँ हुनु छैन
। इ इइइइ हतारको बेलाँ ।।।
बिहान चर्पिमा पो खसालेँ की 
मख्खिचुस घरबेटि चर्पिमा कहिलै बत्ति नि हाल्दैन अनि चुकुल नि रामा्रे लाग्दैन । चुकुल हाल न भन्यो , खजानाको बाक्सा हो र ताल्चा चकुल हाल्नलाइ भन्छ । जहिल्यै टिभिमा खैरकोे रेसलिङ्ग हेरेर बस्छ । कहिलेकाँहि त त्यहि रेसलरले जसरी त्यो भुंडे घरबेटिलाइ गोदुँ जस्तो लाग्छ । मनको लड्डु घिउ सित ।
तर पनि सक्दिन के गर्नु ।
लौ चर्पिमा पनि छैन लाइटर । ए ब्ाँबा । कता प¥यो त ? खुब मन प¥या लाइटर त्यो मेरो ।  कलेजी रातोमा लिपिक्क टा“सिएकी बिदेशी शुन्दरीको अर्धनग्न फोटो । लाईटरको टाउकामा जिउ भन्दा मोटो डल्लो परेको फलामको पथ्थरको संसर्गमा आगो बाल्ने  घिर्नि । हैट । हिजो भख्खर २० रुप्या“ दाम हालेको आजै गायब ।
शाला । म के सज्जन भको त संसार सब चोर भएछन् कि क्या हो ।
सानामा गाउ“मा छंदा गोबिन्द थारुले बारी भरि आ“प र लिच्चि लगाको थ्यो । उसका बारीका आ“प गाउ“भरिकै सबैभन्दा अब्बल ।
मिठ्ठो । आहा ।
तर थारु लास्टै दुस्ट । कसैलाइ बारीको एक गेडो आ“प र लिच्चि सुंघ समेत नभन्नि । हामी गाउ“मा जम्मा ४ जना मिल्ने साथी । मिजार , ढल्के , गगन र म । सबैभन्दा बाठो मिजार थ्यो ।
जब जब थारुको बारीमा आ“प पाकेको वास्ना हावाले ढल्केलाइ दिन्थ्यो तब तब ढल्के इजार नभएको सुरुवाल देबे्र हातले समातेर दाहिने हात मुठि कसेर दगुर्दै मिजारलाइ सो सूचना दिन्थ्यो
। केटाहरुले चेति सकेका थिए कि बल भन्दा बुद्धि ठूलो हो भन्ने कुरा । एकपल्ट तिन नाम्ले का“ल्लो हाम फालेर हामी बगैचामा पस्यौ“ । यसो हेर्दा , चारैतिर आ“प नै आ“प । मानौ संसार सब आ“प मय छ । ढल्केले तुरुक्क आ“सु नै खसाल्यो खै किन हो  गगन मुख नै आ“।।।  परेर बम्बे आ“पको बोट हेरेको हे¥यै । बम्बे आ“प भएसी के हि चाहिन्न गगनलाइ । म र ढल्के आपको रुख चढिहाल्यौं । मिजार पर पर्खालमा बस्यो मान्छे हेर्नलाई । गगन चाहिं सानो गा“ठका मान्छे रुख भन्दा तल बस्यो झोला समाएर । मैले जीवनमा पहिलोपल्ट देखें कि मानिस बादर भन्दा छिटो आ“प खान सक्दो रहेछ भनेर । ढल्के यसरी आ“प माथि बर्सिरहेको थियो की मानौ त्यी आ“प संसारकै सबैभन्दा पछिल्ला आ“प हुन् । बल्ल मैले बुझें किन बिहान मिजारलाइ बोलाउन ढल्के मुटु नै फुट्ने गरि दगुरेको रैच भनेर ।
मायै लाग्यो मलाइ त । ला भनेर खान लाको आ“प पनि उसैलाई दिए । तेत्रो आ“प सिंङ्गै मुख भित्र हाल्यो सालेले । अनि बल्ल मलाइ बिश्वास लाग्यो कि देवकीले श्रीकृष्णका मुख भित्र सारा ब्रमांण्ड देखिन् भन्ने कुरा । जाबो तुच्छ मानव ढल्केको मुखमा त बिरालाले नाग्न सकन्ने आ“प ख्वाप्पै छिर्दो रहेछ भने त त्यी त भगवान श्री कृष्ण । नमन गरे मनमनै ।
मिजारले पर्खालबाटै सुसाल्यो । पुलुक्क उता हेरें । इसाराले आ“प माग्यो । तँ पनि त बांदरको मोडिफाइड भर्सन होस् नि भनेर एउटा आ“प त्यता फाल्दिंए । नभन्दै खायो पनि त्यसै गरि । गगनलाइ रुख चढ्ने बित्तिकै देको एउटा आप अझ चाट्दै छ । धिक्कार होस् तेरो जिन्दगी । ढल्केले ट्वाक्क जिर्वो पड्कायो । अनि अगाडिपट्टि थोतिएका रातो गिजा मात्र देखाएर ङिच्च हास्यो । आँपको चोपले उसका सारा पाइन्ट टाटेपाटे भइसकेको थियो । मैलो हातबाट आ“पको रस बैजनि रङ्गको हुदै कुइनाबाट झर्दै थिए । उ त्यो रस खानलाई बेलाबेलामा कुइनासम्मै नाग झैँ जिवो्र लेपलेपाउन पुग्थ्यो । छि । ढल्केले कुरा निकाल्यो । हेर साथि हो । थारु आउनु भन्दा पहिल्यै बोरामा आ“प कोचौ अनि भागौ ।
सबैले सहमति साथ मुन्टो हल्लाए । ढल्के टुप्पामा पुग्यो र सकेको टिप्न थाल्यो र नसकेको भाग हल्लाउन थाल्यो ।
आ“प, बैशाकमा परेको अशिना जसरी बर्सन थाले । मिजार पर्खाल बाटै सब हेरिराथ्यो । एउटा आ“प उछिटिएर पर छहारीमा निदाइ राखेको थारुको टाउकामा बज्र जसरी लाग्न पुग्यो , उ आमा भन्दै कोलोहाल गर्दै उठ्यो । म झस्याङ्ग भए“ । ढल्केको सुर हरासकेको थियो
। पर्खालमा हेरें मिजार कुलेलाम ठोकिसकेछ । बल्ल बुझें मिजार किन पर्खालमा बसेको रहेछ भन्ने ।
गगन लाइ हेरे आ“खा भन्दा पहिल्यै सुरुवाल बाट लुसुसु आ“सु निकालेर सुरुवाल लपक्कै भिजाइसकेछ । थारु मेघ झै गर्जिदै आयो र तिमरु मु... हो । तेरो बौको बारीमा चोर्न आका।। ? उसका त्यी सिसाका गिला“सको पिंध भन्दा बाक्ला चस्मा भित्रका आ“खा झन् रातो र ठूला देखें मैले । उ सराप्दै आएर गगनलाई बेतको लौराले स्वा“ठ्ठ हान्यो । गगन थुचुक्कै ।
आ“सु सलल बगे उसका आ“खाबाट ।
तेसपछि थारुका आ“खा म र ढल्के पट्टि सोझिए । उ चिच्यायो । म्याचि..... छिठो ओर्लि । उसले आ“पका रुखै थर्किने गरि अर्डर दियो ।
मैले ढल्के पट्टि हेरें , उसका अनुहार अघि आ“प खादा जति मिठो भाथ्यो त्यती नै अमिलो भयो । मलाइ त झन् उल्टि नै आउला जस्तो भयो ।
थारु कड्कियो , तल ओर्लिन्छौ की ढुङ्गाले हानेर ढुकुर झारे झैं झारौ“ । म खरुरु झरें । मलाइ पनि पुठ्ठामा एक लौरो पदक मिल्यो । सुम्ला नै उठ्यो । ढल्केलाइ पनि १ मिल्यो । उ पिलपिल रुन थाल्यो ।
म चाहिं रोइन ।
त्यसपछि हामी ३ जानालाई उसले लगेर सानाकाजीका घर अगाडिको पिपल रुखमा बांध्यो । सारा गा“उमा तमाशा भयो । मलाइ हामीले उसको आ“प हैन बुढि नै चोरेछौं कि जस्तो लाग्यो । हामी तनिै जाना  न्यूरेको न्यूरै । सबै भन्दा रिस मिजार देखि उठ्यो थारु आएसी छोडेर भाग्ने शाला । झन मान्छे हेर्न राखेको कसैलाई खबरै नगरि टाप दिएछ । सुङ्गुर पख् तलाई । थारु बीर चढेको आत्मा जस्तो भूभूताउदै एताउता गरिराछ । कोल्लाई पख्र्या हो?
पुलिस पो बोलाएछ कि के हो  । जल्लाई पर्खे नि बा चै नआउन् । हे भगवान , बरु तिमलाइ शनिवारका दिन नरिवल चढामला । मनमनै भगवान संग सेटिङ्ग मिलाए । तर भगवानलाइ मेरो अफर मन परेन । बा गोरु चराउदा चराउदैको लौरै बोकेर असिनपसिन हुदै आउदैछन् । मलाइ बा को साह्रै माया लाग्यो । साहै्र सोझा मान्छे । बिचरा कोल्ले छोरालाई निलडाम हुने गरि कुट्या छ थारुले भनेर सुनाइदिएछ ।
बा कुद्दै आइराचन् ।
अब थारु माथि दया लाग्न थाल्यो मलाइ । रामधुलाइ भेट्ने भो आज , बाको  ।
बा नजिक आए र एकचोटी घोरिएर थारु तिर हेरे अनि पालै सित हामी लस्करै बा“धिएका ढल्के, गगन अनि म मलाइ हेर्दै आएर टक्क रोकिनु भयो । एकचोटि मुखले चुचु गर्नु भयो अनि पछाडी पटुकाले पुठ्ठामाथी कसेर बा“धेको गोरु चुट्ने लौरी झिक्नु भो । सोझै मेरो पिडुलामा एक लौरो बजाउनु भयो ।
मैले पहेंलै तोरीकै फूल देंखें ।
अनि पिंठमा पाखुरामा पुठ्ठामा जताततै बाको अन्धो लौरो बर्सिन थाल्यो ।
बा झिरले डाम्या रा“गो जस्तो हुनु भो ।
सब गाउले ए नकुट नकुट भन्दै कराउन थाले तर बालाई रोक्ने आ“ट कस्को ? तलाइ मैले के पु¥याउन सकेको थिन र यसरी चोरेर खान थालिस भनेर बा ले नजाने पनि मैले बुझ्ने गरि कम्फू कराते प्रयोग गरे । अन्तमा थारु बिचमा आएर रोकेर मेरो प्राण बचायो ।
बच्चा मान्छे कहिलेका“हि गल्ति त गरिहाल्छ नि भनेर थारुले भन्दा थारुलाइ एक चोटि गर्लम्भ अ“गालो हालेर रोउ“ जस्तो लाग्यो ।
त्यस दिन मैले केहि खाइन । बा देखि साहै्र रिस उठ्यो । बिहान आ“खा उघार्दा ८ बजेछ । साउनको झरि बर्सिराथ्यो । गोडामा प्रशस्त निलडाम थिए । दुखाइको बृदना भन्दा भोक ज्यादा थियो । आमा मेला गकि हालिन सदा झै , दिदी गोठमा । यस्सो हेरे बा को इष्टकोट झुण्डाइराखेको रैच । सर्लक गोजिमा हात हालें १० नोट स्वात्त निकालेर पसल गएं । पसले माइलाको आज धान रोप्ने दिन भएकाले पसल बन्द । अचानक मलाइ मेरो जमिरले पुका¥यो ।
त्यो थारुलाई फुई देखाउने । सोझै थारुको घरको मुल ढोकामा गएर बोलाएं ।
थारु आयो अनि कोइला भन्दा काला अर्ध दांत देखाउदै खिस्यायो के आज नि आ“प चोर्न आको ? आफू परियो सत्रुध्न सिंन्हाको फ्यान , उसैको इस्टाइलमा भन्दें , खामोस ।।। अबे ८ रुपिय“के आम दे बे । उ वाक्क भएर हेरिह¥यो । अनि भित्र पस्यो र च्यातिन लागेको कालो प्लाष्टिकको झोलामा आधा  ओइलाएका आप लेराएर दियो । अनि मैले फेरी दुइको नोट दिएँ । र भने ए लो दो रुपिँया तु झे टिप्स । मलाइ खुब स्वाद आयो ।थारु हेरेको हे¥यै π
त्याँ देखि मलाइ बलको मात्र भरमा चोर्न मन लाग्दैन ।
बुद्धिले चोर्छु ।
नचोरेको भे म एस. एल . सी काँ बाछ पास हुनु । घरमा बाले १० रुपिँया हराको पत्तै पाएनछन् । अजकाल पसले सँग पनि सेटिङ्ग मिलाउँछु अफिसको  सामान किन्न जाँदा , त्यो पनि त चोरी नै त हो । बाटामा माग्ने पैसा माग्दा पनि दिन्न , त्यो पनि चोरी नै हो । कुन घरबेटिको भाडा नै नतिरी टाप दिन्छु , त्यो पनि त चोरी नै हो । पल्ला घरे भाउजुको सौता छोरी उडाउला त्यो पनि त चोरी नै हो । बत्ति र पानीको पैसा जिन्दगि तिरेको छैन त्यो पनि त चोरी नै हो ।
अनि म जस्तो यस्तो खुखार मान्छेको रातो लाइटर कुन चाहिं पाजीले चो¥यो त π ???
एएएए सर्लाद बाबु पानी सुक्यो धाराको ।
हजुर । भित्रबाटै चिच्यए ।
बिहानको साडे नौ बजिसकेछ भन्या । भात पकाउ कि पानी थापौ कि अफिस जाउ ।
एक्लो जिन्दगि साह्रै घांढो भो मलाइ त । यस पाली त पहिला  मिरालाइ आंट्छु यदि मानिनि भने । आमालाइ नै गुहार्नु पर्ला ।
हेरि , म पनि चानचने मान्छे त कांहा ं र ? स्कुल पढ्दै ताका च्याण्टे दमाइकी छोरी पछि लागेकी थिइ रे । ढल्केले भन्या । अब त्यतिखेर भर्खर आफ्नो जुङ्गाका् रेखि बस्या थियो । लुगा चिटिक्क पबरेर हिनेसी जावो २ ४ ओटि केटि पछि पछि  लाउन कुनै शकस थिएन तर दमिनि भन्दा पनि आफूलाइ अगाडी बस्ने बुनु क्या राम्री लाग्थी ।
त्यो च्याण्ट्या छोरी कल्ले हेरिरहोस् ।
बुनु ।
खास नाम त बबिता पुडासैनि हो । बबिता पुडासैनी । रोल नं. १ । जांचमा सधै फस्ट । स्याउजस्ता राता गाला । मृगका जस्ता आ“खामा गाजद लाएसी के चाहियो र ?
सरहरुको प्यारी छात्रा । सरहरुले मायाले साखिदिएका नाम बुनु । मलाइ पनि खुब मन पर्छ त्यो नाम ।
हुन त मलाइ चै नराखदिएका हैनन नाम ।
भेडो ।
सरहरुद्धारा बक्सिस पाएको नाम मैले । पढाइमा लद्दु भएकै कारण मलाइ यो नाम जुरेको थियो । खास गरि गणित सर रामबिलास ले मलाइ बातै पिच्छे भेडो भनेर बोलाउथे र सारा क्लास हास्थ्यो म माथी ।
कान तातो हुन्थ्यो त्यतिखेर मेरो लाजले । मुण्टो स“धै नतमस्तक । के गर्नु ।
एकदिन त्यसै गरि सबै हांस्दा को को हासेको छ हेर्छु अनि बदला लिन्छु भनेर  साहास बटुलेर मुण्टो उठाएर माथी हेरें मलाइ भेडो भनि सम्बोधन हुदा , सबै हांसिरका रैचन तर बुनु चूप थिइ । त्यसै बेला देखि बुनु मेरा  लागि परि भइ ।
आउदा जादा बाटो कुर्न थाले म । तर उ मलाइ बाल दिन्थिन । म उसैको कल्पनामै हराउथ थालें ।
बार्षिक परिक्षा आयो ।। मैले मन मनै निर्णय गरें । परिक्षाको अन्तिम दिन उसलाइ  पे्रमपत्र दिन्छु । बिचार गरें । अनि म नया नया फम्र्याटमा प्रेमपत्र तयार गर्न थालें । पढाइ भन्दँ लब एक्जाममा फस्ट हुनुथ्यो मलाइ । परिक्षा सुरु पनि भयो र म पनि परिक्षा सकिने दिन दिनगन्ति गर्न थालें । पढ्न भन्दा उसलाइ पच्छ्याउन थालें । अरु साथीहरुको पनि वास्ता लाग्न छाड्यो बुनु देखेसि । उसका बा तल हुलाक अफिसका हाकिम रे । ३ महिना अगाडि सरुवा भएर आएका ।
अन्तिम दिनमा निकै आत्मबिश्वासका साथ प्रेमपत्र दिन म तयार भएर बाटोमा बसें तर बुनुका साथीहरु त आए , उ आइन । मनमा नाना थरिका कुरा खेल्न थाले । कता गइ त ? । मैले उसको घर पनि पत्ता लाइसेकेको थिएं ।  म सिधै उसको घरमा गएं । घरमा बडेमानको भोटे ताल्चा लाको रैच छिमेकीलाइ सोध्दा पो पत्ता लाग्यो उनिहरुको त नेपालगंज बसाइ सरेका रे ।
आकाश नै आएर थिचे जस्तो भो मलाइ ।
एकचोटि नि नबोलि लगाको माया हुरिले सिमलका भुवा उडाको जसरी उडायो ।
मन बिरत्तियो । संसार छिनियो म बाट ।
त्यहिं बाट त हो मैले चुरोट खान सिकेको ।
अनि प्रमा्ेशन भयो रक्सिमा ।
जुन दिन रक्सिमा प्रमोशन भयो त्यहि दिन फेरी डिमोशनामा परे म स्कुलमा । म फेरी फेल भएछु कक्षा ६ मा । तश्रो पल्ट ।  तर पनि प्रेमपत्र लेखनमा बोर्ड फस्ट भए म । त्यो समयमा हरेक लठ्ठु म काहां प्रेमपत्र लेखाउन आउथे । ।
अरु मायामा मात्र फेल हुन्थे । म चाहिं मायाको अनि स्कुलको दुवै परिक्षामा फेल भएं ।

होस् आज खाना साना पकाइदैन । भन्दै म बाल्टि ले र  पानी लिन निस्कएं । काठको भ¥याङ्ग खुरुरु झर्दै थिएं, कोल्ले बिच भ¥याङ्गमा मा एक बाल्टि पानी राखिदिएको रहेछ । त्यसमै अल्झेर भ¥याङ्ग संगै मझेरीमा आइपुगें । बाल्टिनी मेरै थाप्लोमा सिरानी गरी पल्टेर मलाइ निथु्रकै पा¥यो । मरो पारा चढ्यो । बाल्टिनिको भूंडिामा  ताकेर एक लात बनाएर दें । बाल्टिन उछिटिएर छिमेकीको सुकाइराखेको लुगा सोहोर्दै नालीमा खस्यो । बल्ल म झल्यास्स भए. । अब छिमेकीले मार्ने भो । रिस खाए आफू , काम खाए अरु ।
छिमेकी भन्दा पनि छोरो चाहिं सित डर लाग्छ मलाइ । ट्यापे छुरी हान्न नि बेर मान्दैन ।
म केहि थाहा नै नभए जसरी धारामा सुसल्दै गएं ।
धाराले आफ्नो भूंडिमा भएकाृ जती पाती खन्याएर बिदा भइसकेछ । मलाइ आफै देखि दिक्क लाग्यो । कोठामा एक थोपा पानी छैन ।
अब म कसो गरुं? बेलैमा त्यो रातो लाइटर भेट्टाएको भए अहिले यो हबिगत हुने थिएन । मनमनै सरांपे ।
त्यो लाइटर चोर्नेले आजको रात पनि काट्न नपाओस् भगवान । । ।  कसरी खाएर जाने अब अफिस । परलमा नि जा“हा त्यहि उधारै उधारो छ । कसैले उधारो दिदैन । म बाल्टिनभित्र टाउका छिराइ कोठामा धुमधुमती बसिरहेको थें ।
आबुइइइइइइइ
माइली दिदी चिच्याउनु भो ।
के भो  मैले सोधें ।
ए यो पो रैछ ।
मुर्दार । के गरि बस्या । काहिं बाल्टि टाउकोबाट हुलेर छाति सम्म लाएर बस्छन् । म त झस्याङ्गै भएं । मसान आएछ भनेर ।
ए त्यस्तो केहि होइन । अनि किन आउनु भो 
वांहा रिसाउदै भन्नुभो । तै“ भातेको हिजो लगेको लाइटर पु¥याउन आ ।
कस्तो केटिको फोटो टास्या ं नि यो ? घिनैलाग्दो । छि छि ।
थुक्क कस्तो हुस्सु भा को म । हिजो राती बत्ति गएसी पल्लो घरको कोठमा बस्ने माइली दिदिले बत्ति बाल्न प¥यो ले बत्ति भन्दा , बत्ति छैन इ यो लाइटर लेर जानु’ भनेर भनेर देको भुसुक्कै बिर्सेछु ।
मेरो सुद्दि पनि के यस्तो भा होला ।।
धन्नको रैछस् त“ रातो लाइटर । । ।

Monday, April 25, 2016

Sansari Temple

By Leo Rakesh Khatri

Sansari Mandir is a 250-years-old ancient historical temple. It is located in Naikap Purano Bhanjyang VDC, South-West of Kathmandu Valley. According to the elderly people here, during the unification campaign of king Prithivi Narayan Shah, he started making replicas of Temple of Goddess Manakamana (which lies in Gorkha district), wherever he conquered. Following the same trend, after conquering Naikap, he built a temple here. After that, people started worshipping it. That temple is Sansari Temple at the present. The origin of the name of the temple, Sansari, is still a mystery but people worship it in the name of Sansari Sitala Mai. 
Previously, Sansari Temple was very small, surrounded by the stones and mud walls and without even a roof. But later, Sansari Guthi took an initiative and transformed the temple into the beautiful look we have today. On all these works of renovation of the temple, local people had shown exceptional enthusiasm and put up excellent efforts by providing all types of helps, including monetary, labor and other helps. The outlook of the temple has become magnificent. With the newly built pillars, concreted walls and ceilings, it has transformed into a modern look. It has been fenced on all sides by iron bars and most importantly, on its roof, there are sculptures of four big snakes at each corner. Those snakes are as if they're heading towards a water pot placed in the middle of the roof. In hindu tradition, a Gajur is not allowed to be installed on the top of the temple of a Goddess (female God). So to make the temple look good even without a Gajur, it was planned to install those snakes giving an impression as if they are going to have the water from the pot situated at the middle. 
Though it has got historical as well as religious importance, Sansari Mandir (temple) is under the shade due to lack of promotion. This temple is one of the key components of Naikap Purano Bhanjyang VDC, which needs to be flourished all over the nation. Annually, Sansari Guthi organizes a religious program on the day of Fagu Purnima in the temple as the day of the establishment of the temple. To reach to the temple, one has to walk around ten minutes from Kitini Bhanjyang through a very small and sweet village, named Dadagaun. The temple is located at the top of a hill; so we can observe a very good view of Kathmandu valley, Kirtipur, Swayambunath Stupa, Trivuwan International Airport, Thankot, Dahachowk, etc. During the winter season, we can also observe the beautiful mesmerizing view of mountains. We can see Annapurna range, Dhaulagiri range, Ganesh Himal from there. 
Near the temple, we can see a small cliff-like debris of historical structure which the local people believe to be the remnants of the Kot (place to keep arms and ammunition) built around the time of Gorkha King Prithvi Narayan Shah. We can still see the pieces of bricks which seem to be really very old. 
In the Eastern side of the temple, there is a big electric tower placed by Nepal Electricity Authority (NEA). This tower can be used to navigate the location of Sansari from distant places like Kirtipur, Jamacho, Kankali, Swayambhunath, etc.
Recently, Naikap - Indrathan has become a famous hiking route among the youths. Since Sansari Temple lies in the middle of the hiking route, anybody up for the hiking can enjoy the magnificent Sansari Temple.
Here are some pictures of the temple and surroundings:
 Sansari temple from eastern side
Tori bari (mustard field) near the temple.

 View of Dadagaun from the temple

 Fapar bari near the temple


 Kodo Bari (Barley field) near the temple.
 Lapsi

 NEA Electric Tower

View of Mukhiya Gaun from the temple
 Name of the donors for the renovation of temple.

 Bell of the temple.
Sansari Temple from South-East direction, among the mustard flowers



Saturday, February 20, 2016

प्रजातन्त्र



-By Leo Sajan Maharjan

नया नेपाल बनाउने हाम्रो योजना फेल भएजस्तो छ

बिकास को घाम लाई आज कसैले जेल लगेजस्तो छ

सम्सद देखी हाम्रो आगन सम्म,राजनिती कै खेल भो

महगाइ ले आकास छोयो,अभाब ग्यास अनि तेल को

बिकास को उज्यालो घामलाई कसैले जेल लग्यो कि क्या हो

नया नेपाल बनाउने हाम्रो योजना फेल भयो कि क्या हो

देश्,धर्म अनि नैतिकता नारा कै हिस्सा भो

प्रजातन्त्र त नाटक हो, कुर्सी कै किस्सा भो

जो सँग बन्दुक छ उसैको भो सरकार

राजनिती त आज गुन्दाहरुको पो खेल भो

खोइ कस्को गल्ती भन्नु र , सत्ता त सत्ता नै हुन्छ रे

सबै सुबिधा दिन्छ, त्यसमाथि दैनिक भत्ता नि दिन्छ रे

मुसकिल ले पाउछ उस्ले कुर्सी केहि बर्ष को

कसरी सम्झिनु त अनि कुरा सबै आदर्स को

सत्ता को लत Cocktail झै सबैलाई, लागी सक्या जस्तो छ

प्रजातन्त्र त बहना नै हो,कुर्सी कै पछी सबै लागे जस्तो छ

नया नेपाल बनाउने हाम्रो योजना फेल भएजस्तो छ

बिकासको उज्यालो घामलाई आज कसैले जेल लगेजस्तो छ